राष्ट्रिय कृषक समूह महासंघ पाल्पाको प्रथम जिल्ला अधिबेशन सम्पन्न

0 132

दयाराज न्यौपाने । पाल्पा
कृषि विकासको अवस्था,अवसर र सम्भावना बिषयक छलफल कार्यक्रम तथा राष्ट्रिय कृषक समुह महासंघ पाल्पाको प्रथम जिल्ला अधिबेशन पाल्पामा सम्पन भएको ।

कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै राष्ट्रिय कृषक समुह महासंघका केन्दीय सचिवालय सदस्य गीता भुजेलले कृषकहरुको हक र हितका निमित्त २०६८ सालमा गठन भएको संस्थाले कृषक समुह मार्फत आत्मनिर्भर बनाउदै उत्पादन र बितरणको अधिकार प्राप्तीका कार्य गर्ने बताइन् ।
प्रथम अधिबेशनमा प्रतिबेदन प्रस्तुत गर्दै सहजकर्ता संचित थापाले एक्सन एड नेपालको सहयोगमा पाल्पा जिल्लाको बगानासकाली गाउँपालीका ,तानसेन नगर पालीका र रिब्दीकोट गाउँपालीकाका बिभिन्न वडाहरुमा समुहकाप्रतिनिधीमार्फत कार्य सुचारु भएको बताउदै एक बर्ष भित्रमा पाल्पा जिल्लाको सवै स्थानिय तहहरुमा संगठन बिस्तार गर्ने योजना रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिती पाल्पाका प्रमुख दयाराज बस्यालले राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउदै शैक्षिक प्रमाण पत्र धितो मार्फत लोनको सुरुवात कार्य सुखद रहेको बताए । बिशिष्ट अतिथी सामाजिक अभियान्ता रामबहादुर रावतले कृषकहरु संजालमार्फत संगठीत हुने बिषय महत्वपुर्ण रहेको बताउदै वास्तविक किसानको पहिचान हुुनुपर्ने बताए ।

कार्यक्रममा सहभागी बिनु गौतम ,देव बहादुर गोदार,मोतीराज खनाल, पत्रकार जीवलाल सुवेदी लगायतले बोल्दै कामको सम्मानगर्नु पहिलो दायित्व हुने बताए । अधिबेशनले रिब्दीकोट गाउँपालीकाका तेज कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्सीय कार्यसमितीको सर्वसम्मतिले चयन गरको हो । जस्को उपाध्यक्षमातानसेन नगरपालीकाका देव बहादुर गोदार र सचिवमा बगनासकाली गाउँपालीकाका मोतीराज खनाल रहेका छन् । सहसचिव कमला रेश्मी, सुमित्रा राना सदस्यहरुमा मीना राना,बिनु गौतम,कुलराज भट्टराई,रचनाकार्की,प्रेम गाहा र नारायणी खराल रहेका छन् भने पुष ८ गते हुने प्रदेश नं ५ को अधिबेशनका लागी पाल्पाबाट १० जना प्रतिनिधीहरुको समेत छनोट गरेको हो ।

Comments
Loading...