राष्ट्रिय जनमोर्चाले गर्यो संघीयता खारेजीको माग

0 65

पाल्पा । राष्ट्रिय जनमोर्चा पाँच नम्बर प्रदेश समितिले संघियताको खारेज गर्न माग गरेको छ । समितिले प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेललाई ज्ञापनपत्र बुझाउदै संघियता खारेजीको प्रक्रियाका लागि केन्द्र सरकारसँग पहल गर्न भनेको छ ।
समितिका अध्यक्ष बोमबहादुर खत्रीको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा पाँच नम्बर प्रदेशभित्र पर्ने सबै जिल्लाका अध्यक्ष तथा प्रतिनिधि र केन्द्रिय नेताहरुको समेत सहभागिता रहेको थियो । एउटै सरकार धान्न मुस्कील परिरहेको थियो ज्ञापन पत्रमा भनिएको छ केन्द्र सरकार सहित आठ वटा सरकारलाई कसरी मुलुकले धान्न सक्छ र आर्थिक व्यवस्थापन लगायका विषयमा ध्यान पुग्न सकेको छैन ।

छ सय एक साँसद हुँदा जनस्तरबाट विरोध भएको स्मरण गराउदै समितिले अहिले आठ सय ८४ साँसद, प्रशासनिक तथा सुरक्षा खर्च धान्न समेत नसक्ने अवस्था आउने ठहर गरेको छ । संघियताको कारण संविधान कार्यान्वयनमा समस्या उत्पन्न भएको दावी गर्दै राष्ट्रिय जनमोर्चाले संघियता दुष्परिणाम र जनताको चेतनास्तरको वुद्धिसँगै संघयिता खारेज हुने दावी गरेको छ । यो सँगै मुलुकले ठूलो आर्थिक क्षेति वेहोर्नुपर्ने ज्ञापनपत्रमा दावी गरिएको छ ।

अहिले भारतिय सिमामा अधिकांस प्रदेश राजधानी तोकिएको भन्दै सरकारले अधिकार सम्पन्न उच्च स्तरीय आयोग बनाई त्यसको अध्ययन प्रतिवेदनको आधारमा राजधानि तोकिनु पर्ने आफुहरु माग रहेको टोलीमा सहभागी राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले बताए । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शंकर पोख्रेलले संघियताको व्यवस्थापनका तर्फ अहिलेको सरकारले गम्भीर भएर योजना बनाईरहेको प्रतिक्रिया दिएको दर्लामीले बताए ।

Comments
Loading...