राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान पाल्पाको प्रथम साधारण सभा सम्पन्न

0 127

सुनिल कार्की । पाल्पा
राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति पाल्पाको प्रथम साधारण सभा सम्पन्न भएको छ । बद्रेश्वर शिवालय मन्दिर तानसेनको सभा हलमा भएको कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापति पराजुलीको प्रमुख आथिथ्यतामा भएको थियो ।

जिल्लामा रहेका भजन,चुड्काको संरक्षणको लागि स्थापन भएको प्रतिष्ठानले कला र संस्कृतिको सरक्षणको लागि भजन प्रतियोगिता ,छलफल बैठक लगायतको कार्यक्रम गर्दै आएको छ ।
संस्थालाई अझै बलियो बनाउन आयोजित कार्यक्रममा केन्द्रिय संस्थापक अध्यक्ष प्रजापति पराजुलीले पुस्ताले सुरु गरेको कला र संस्कृतिको अभियानलाई सार्थकता प्रदान गर्न पाल्पामा संक्रिय प्रतिष्ठानलाई धन्यवाद दिर्दै प्रतिष्ठान अझै मजबुत बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रतिष्ठानका जिल्ला अध्यक्ष जयप्रकाश उप्रेतीले जिल्लामा पछिल्लो समय हराउर्दै गएको चुड्का भजनको संरक्षण साथै भजन, चुड्का समुहको एकता गर्न प्रतिष्ठान पाल्पा सफल रहेको बताए । अध्यक्ष उप्रेतीले जिल्लामा छरिएर रहेका भजन चुड्का समुहको खोजी गरि पाल्पाको कला संस्कृतिको संरक्षणमा जोड दिने लक्ष्य प्रतिष्ठानको रहेको बताए । कार्यक्रमका विशिष्ट अथिति नारायण खनाल लेकालीले पाल्पा भजन चुुड्काको संरक्षण र संर्वद्धनमा अघि रहेको भन्दै पाल्पाको प्रतिष्ठानलाई धन्यवाद दिए ।

कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजुमान महर्जन,राष्ट्रिय कलाकार नारायण भुषाल,कमल भट्राई,ममता कोइराला,लोक गित प्रतिष्ठान पाल्पाकी अध्यक्ष रेखा विष्ट,विश्व हुन्दी महासंघका केन्द्रीय सदस्य शंकर गिरी,वरिष्ठ उपाध्यक्ष होम नाथ न्यौपाने लगायतको सहभागीता रहेको थियो ।

जिल्लाको भजन चुड्का मार्फत कला संस्कृतिको संरक्षणमा योगदान दिएको भन्दै जिल्लाका भजन समुह,भजन चुड्काका अगुवा,संस्कृतिका संरक्षक, राष्ट्रिय तथा स्थानिय कलाकारलाई मायाको चिनो सहित सम्मान गरिएको छ । प्रतिष्ठानमा हाल १ जना मानार्थ,९४ जना अजिवन सदस्य र ४३ जना साधारण सदस्य रहेका छन । कार्यक्रम प्रतिष्ठानका जिल्ला कार्य समिति अध्यक्ष जयप्रकाश उप्रेतीको अध्यक्षता , अजिवन सदस्य शिव भट्राईको सञ्चालन र तुलसी गैरेको स्वागतमा भएको थियो । पाल्पा पाटी अनलाइनबाट साभार

Comments
Loading...