राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान पाल्पाको १९ औं साधारणसभा सम्पन्न

0 399

पाल्पा । राष्ट्रिय लोक दोहोरी प्रष्ठिान पाल्पाको १९ औं साधारणसभा सम्पन्न तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
तानसेनमा एक औपचारिक कार्यक्रमका बीच प्रतिष्ठानको साधारणसभा सम्पन्न भएको हो । सभाको उद्घाटन गर्दै प्रतिष्ठानका लुम्बिनी प्रदेशका अध्यक्ष डिल्लीनारायण पाण्डेले लोकदोहोरी प्रतिष्ठानहरुमा पाल्पा शाखाको महत्व र इतिहास महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानका केन्द्रीय र प्रदेश गतिबिधिमा पाल्पा सधै अग्रणी रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पाण्डेले मौलिक कला संस्कृतिको संरक्षण गर्दै अन्य कलाकारहरुलाई समेट्दै अगाडि बढ्न प्रतिष्ठानलाई आग्रह समेत गर्नुभयो ।

प्रतिष्ठानका प्रदेश सचिव टीकाराम लुइटेलले लोक संस्कृति देशको सम्पति रहेकाले त्यसको संरक्षणमा प्रतिष्ठानले ध्यान दिनुपर्ने बताउनुभयो । प्रतिष्ठान रुपन्देहीका जिल्ला अध्यक्ष दीपक कार्कीले कला, संस्कृति देशका अमूल्य सम्पति भएकाले त्यसको संरक्षण गर्नु स्थानीय सरकारको पनि दायित्व रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले प्रतिष्ठान मार्फत रचनात्मक कार्यक्रमहरु हुँदै आएको र हरेक कार्यक्रममा सञ्चार क्षेत्रले सक्दो सहयोग गर्दै आएको बताउनुभयो । स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय महासचिव जीवलाल सुवेदीले प्रतिष्ठानका कार्यक्रमहरुको प्रशंसा गर्नुभयो । सोही अवसरमा उहाँले प्रतिष्ठानका लागि आफ्नो ब्यक्तिगत तर्फबाट ५ हजार सहयोग समेत गर्नुभएको थियो । नेपाल प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझी, लोकदोहोरी गायक केशव भण्डारीले प्रतिष्ठानले छुट्टै कार्यालय स्थापना गर्न पहल गर्नुपर्ने र यसका लागि आफ्नो पनि सहयोग रहने बताउनुभयो ।

लोक भजन प्रतिष्ठान पाल्पाका अध्यक्ष जयप्रकाश उप्रेतीले लोक गीतहरुको संरक्षण सँगसँगै लोक भजनको संरक्षणमा पनि प्रतिष्ठानले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उक्त साधारणसभाले पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना र नवजनचेतना दैनिकका उपसम्पादक रामचन्द्र रायमाझीलाई प्रतिष्ठानको प्रेस सल्लाहकारमा चयन गरेको छ । कार्यक्रममा प्रतिष्ठानका सचिव कमल भट्टराईले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अनु खनालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठानकी अध्यक्ष रेखा बिष्टले आफुले नेतृत्व लिदाको अवस्थादेखि अहिलेसम्मको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष रेखा विष्टको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष तिर्सना थापाको स्वागत, सचिव कमल भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कलाकारहरु गणेश न्यौपाने, बिष्णु पन्थ यशोदा कार्की, सिमा सारु, सुरज बिश्वकर्मा सहित साहारा कला केन्द्रका कलाकारहरुले प्रस्तुती समेत राखेका थिए ।

Comments
Loading...