रिडीको गायत्री गुरुकुलको बार्षिकोत्सव सम्पन्न

0 44

चुरामणी तिमिल्सिना । (रुरुधाम) पाल्पा
गायत्री ब्रह्म्चर्या श्रम गायत्री गुरुकुलको ७१ औ बार्षिकोत्सब समारोह विविध पुजाआजा सहित आइतबार सम्पन्न भएको छ ।
मन्दिर समितिका अध्यक्ष पर्सुराम भट्टराई को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी तानसेन नगरपालिका १४ का वडाअध्यक्ष कमल राना रहेका थिए । कार्यक्रममा समितिका कोषाध्यक्ष जिबनकुमार कसजुले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधिहरु ,पत्रकार महिला समूह आमा समुह सुरक्षा निकाय मन्दिर समितिका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि रानाले अबको समयमा संस्कृत शिक्षालाई सम्र्बधन गर्दै अगाडि बढ्ने बेला रहेको बताए ।
अहिले यस मन्दिरमा २५ जना बटुहरुले पठ्न पाठ्न गरिरहेका छन । गुरुकुल २००६ सालमा स्थापना गरिएको हो । कार्यक्रमको सन्चालन प्रधानाध्यापक मेघराज रिजालले गरेका थिए ।

Comments
Loading...