रिडीमा हुने धार्मिक महोत्सवको तयारी पूरा, करोड बत्तीदेखि भण्डारासम्म

0 23

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रूरू क्षेत्रको रिडीमा प्रचारप्रसारका लागि हुन लागेको धार्मिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेका छ । यही मंसिर २६ गते चौथो भजन महोत्सव हुने भएको छ । रूरू धार्मिक सञ्चार प्रालिको आयोजनामा हुने चौथो भजन महोत्सवमा, करोडदीप प्रज्ज्वलन, दोहोरो शंक बजाउने प्रतियोगिता लगायत बिबिध कार्यक्रमको तयारी गरिएको छ ।

महोत्सवको अवसरमा तानसेन नगरपालिका–१४, रूरू गाउँपालिका–१, कालीगण्डकी गाउँपालिका–१ का ८४ वर्ष पुगेका वृद्ध–वुद्धाबीच पुर्नमिलन तथा सम्मान बृहत भण्डारा कार्यक्रमको आयोजना गरिएको सञ्चार प्रालिका प्रवन्ध चुरामणी तिमिल्सिनाले जानकारी दिए । महोत्सवमा पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाबाट महोत्सव अवलोकन हुने आयोजकले लक्ष्य लिएको छ । नेपालको चार धाम मध्ये रूरू क्षेत्र एक मानिन्छ ।
महोत्सव संचालन तथा भण्डाराका देश बिदेशमा रहेका धार्मिक ब्यक्तिहरुले स्वतःस्फुर्त रुपमा सहयोग समेत गरेका छन् ।

Comments
Loading...