रिडीमा हुने महायज्ञ महामहोत्सवको तयारी तीव्र

0 34

नेत्र गैरे । पाल्पा
नेपालको चार धाममध्ये एक रुरु धाममा आगामी भदौँ २८ गतेदेखि असोज १७ गतेसम्म श्रीमद् भागवत महायज्ञ महामहोत्सव हुने भएको छ ।

ऐतिहासिक रुरु धाम क्षेत्रको सांस्कृतिक पहिचान र २०७६ सालको सोह्र श्राद्धको पावन अवसरमा विराट ज्ञान महायज्ञ गर्न लागिएको हो । नेपालमै पहिलो पटक पवित्र धाम रुरु क्षेत्रमा दिवंगत पितृहरुको उद्धार गर्ने र रुरु धामलाई विश्व समक्ष चिनाउने महायज्ञको मूल उद्देश्य रहेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । २१ दिन हुने महायज्ञमा एक करोड द्वीप प्रज्वलन, एक करोड शिव पार्थिव लिंग निर्माण गरी पुजा गरिने, बनारस, हरिद्वार र पशुपतिनाथमा जस्तै प्रत्येक दिन कालीगण्डकी गंगामाताको विशेष ध्यान गरिने, ५१ हजार बढी व्यक्तिहरूबाट तुलादान गरिने कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

रुरु क्षेत्रको सर्वँाङ्गगिण बिकासका लागि तयार गरिएको गुरु योजना अनुसार क्षेत्र बिकासमा महायज्ञले सहयोग पु¥याउने कथा वाचक बालयोगेश्वर महाराजले बताए । उनले महायज्ञ संचालनको लागि २१ सय सदस्यिय मुल आयोजक समिति र ३५ वटा उपसमिति बनाईएको बताए । महायज्ञमा आध्यात्मिक जागरण, प्रेम र शान्ती, भाइचाराको सन्देश फैलाउने, दाईजो प्रथा साथै छुवाछुतका बिरुद्धमा सन्देश फैलाउनुका साथै अध्यात्म र बिज्ञानलाई समन्वयताका साथ ज्ञान दिईने बालयोगेश्वर महाराजको भनाई थियो । महायज्ञमा ५ देखि ७ लाख भक्तजन भित्रयाउने, यज्ञमा करीव ५ करोड रकम संकलन हुने र यज्ञ व्यवस्थापनका लागि डेढ करोड खर्च लाग्ने अनुमान आयोजक समितिले जनाएको छ ।

यस्तै एक सय आठ तीर्थस्थलको जलसहित हेलिकोप्टर मार्फत पुष्पवृष्टि गरिने, प्रत्येक घरको जमिनको माटो, अन्न, लिएर पूजन गरिने, ५१ सय शान्ति कलश पुजन गरिने लगायतका कार्यक्रम रहेका छन् । महायज्ञमा विश्व विख्यात श्रीमद् भागवत कथा प्रवक्ता बालयोगेश्वर महाराजबाट संगीतमय कथावाचन हुने प्रचारप्रसार संयोजक खेमराज पाण्डे ( श्रीधर) ले बताए ।

महायज्ञको पुर्व सन्धामा नेपाली सेना, श्री गोरखदल गणको टोलीले गुल्मी, स्याङ्गजा र पाल्पा जिल्लाको संगम स्थल धार्मिक ऐतिहासिक तथा पर्यटकिय क्षेत्र रुरु धाममा भाद्र २८ गतेदेखी आश्विन १७ गतेसम्म संचालन हुने “ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महामहोत्सव एवं संगीतमय लीलामय श्रीमदभागवत पितृमोक्ष विराट ज्ञान महायज्ञ(२०७६) लाई लक्षित गरि महायज्ञ मुल आयोजक समारोह समितिले आयोजना गरेको बृहत सरसफाई कार्यक्रममा श्री गोरखदल गणबाट उप सेनानी दल बहादुर वलीको नेतृत्वमा ३९ जनाको टोली, गुल्मी जिल्ला स्थित नेपाली सेना बिरभद्रजंग गुल्मको टोली, नेपाल प्रहरी, शसस्त्र प्रहरी र उक्त समारोह समितिका तथा स्थानियवासीहरुको बिशेष सहभागितामा ऋषिकेष मन्दिर लगायत रुरु क्षेत्र धामको बृहत सरसफाई सम्पन्न गरेको छ ।

Comments
Loading...