रिब्दीकोटका घर घरमा धारा अभियान जारी

0 104

भुवन रायमाझी । पाल्पा

रिब्दीकोट गाउँपालिकाले वडा नं २ लघुवा गाउँका ७३ घरमा खानेपानीका धारा जडान गरि उद्घाटन गरेको छ । एक घर एक धाराको निति लिएर गाउँ पालिका भित्रका जनताहरु लाई स्वस्थ खाने पानी बितरण गर्ने उद्देश्यले पालिकाले अभियान चलाएको छ ।


गाउँ पालिकाले सबै नागरिकहरुले सफा र स्वस्थ खानेपानी पिउन बाट कोही पनि बञ्चित हुन नपर्ने भन्दै लघुवा बाट यो कामको थालनी गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताए ।
गाउँपालिकाले निति नै बनाएर एक घर एक धारा कार्यक्रम अन्तरगत भैरवस्थान कुसुम खोला ,पालुङ मैनादी फेक लगाएत सबै वडामा लिफ्ट मार्फत खानेपानीको ब्यवस्था गर्न बजेट बिनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिषीराम अर्जेलले बताए ।

Comments
Loading...