रिब्दीकोटको प्रचारका लागि लेख रचना प्रतियोगिता हुँदै

0 199

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिकाले पालिका अन्र्तगत पर्यटन प्रवर्धन तथा प्रचार प्रसारको लागि लेख रचना प्रतियोगिता गर्ने भएको छ । गाउँपालिका भित्रका महत्वपूर्ण, धार्मिक तथा ऐतिहासिक पहिचान रहेका स्थानको, प्रचार प्रसार,प्रबर्धन र अभिलेखीकरणको उद्देश्य सहित यसप्रकारको प्रतियोगिता आह्वान गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जीसीले बताए ।

रिब्दीकोट गाँउपालिका चिनाउने पर्यटकीय गन्तब्यहरु शीर्षकमा लेखिएका लेखरचना उपलब्ध गराउने समय कात्तिक मसान्तसम्मको लागि तय गरिएको छ । प्रतियोगितामा इच्छुक सबैले सहभागी हुन पाउने उनले बताए ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई क्रमशः दश हजार, सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार स्वरुप उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालद्धारा जारी सूचनामा उल्लेख छ ।

Comments
Loading...