रिब्दीकोटले भन्योःकाम गर्नुस् दाम पाउनुहुन्छ

0 33

पाल्पा । आर्थिक रुपले कमजोर र बिपन्न परिवारलाई लक्षित गरि दुई चरणमा खाद्यान्न राहत सामाग्री बितरण गरेको रिब्दीकोट गाउपालिकाले तेस्रो चरणमा भने फरक शैली अपनाएको छ ।


गाउँपालिकाको वैशाख २९ गतेको कार्यपालिका बैठकको निर्णयानुसार प्रत्येक वडालाइ तत्कालका लागि एक एक लाख बजेट उपलब्ध गराई काममा आधारित नगद राहत उपलब्ध गराउने भएको हो ।


जस अनुसार ज्यालादारी र मजदुरी गरि जीवन यापन गर्ने बर्गलाई वडाको बाटो मर्मत, नाली निर्माण लगायतका बिकास निर्माण सम्बन्धी काममा खटाई काम अनुसार दैनिक ज्याला उपलब्ध गराइने छ । सोही निर्णय अनुरुप वडा न.३ मा आज पहिलो दिन नै त्यस्ता काम गर्न इच्छुक ब्यक्तिहरुलाइ नाली निर्माणमा खटाइसकिएको छ ।


यसरी खटाउदा एकातिर ब्यक्तिले नगद रकम प्राप्त गर्दा आफूलाइ अत्यावश्यक बस्तुको ब्यवस्था गर्न सक्ने र अर्को्तिर गाउँपालिकाको बिकासमा समेत टेवा पुग्ने भएकोले काममा आधारित नगद राहत उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले बताए ।


यसपटक बर्षायाम सुरु हुनु भन्दा अलि पहिले नै बढी वर्षा भएका कारण गाउपालिका अन्तर्गतका मूख्य सडकहरु बढी बिग्रिएका कारण यातायातमा समस्या देखिएको र यसरी सडक मर्मत एबम नाली निर्माणमा खटाउदा सडकको क्षति कम गर्न सघाउनुका साथै सहज आवागमनमा समेत सहयोग पुग्ने बिस्वास लिएको गापा अध्यक्ष नारायण बहादुर जिसीले बताए ।


सोही बैठकबाट गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ का लागि संघ तथा प्रदेशबाट प्राप्त बित्तिय समानीकरण र राजस्व वाडफाड्बाट प्राप्त बजेट सिलिङबारे कार्यपालिका सदस्यहरुलाइ जानकारी गराउदै अहिलेको परिस्थिती अनुकुल उत्पादनमुखी बिकास योजना छनोटमा जोड दिन अध्यक्ष जिसीले निर्देशन दिएका छन् । बैठकले आगामी नीति तथा कार्यक्रम तर्जुमाका लागि गाउपालिका अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय समिती समेत गठन गरि आव०७७।०७८ को निति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रिया अगाडि बढाइएको गाउपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताइन् ।


गाउपालिकाले आ.व. ०७७।०७८ का लागि संघीय सरकारबाट बित्तिय समानीकरण बाट ८ करोड ८३ लाख तथा राजस्व बाडफाड्बाट ६ करोड ६३ लाख ७० हजार तथा प्रदेश सरकारबाट बित्तिय समानीकरणबाट ५० लाख ३७ हजार र राजस्व बाडफाड्बाट ४१ लाख ६४ हजार गरि कुल १६ करोड ३८ लाख ७१ हजारको बजेट सिलिङ प्राप्त गरेको छ ।

Comments
Loading...