रिसाएकालाई समेत हाँसेरै मन जित्न सिपालु सोमप्रसाद पाण्डेय

0 26

सोमप्रसाद पाण्डेयलाई नचिन्ने बिरलै होलान् । उनी लामो समयदेखि पाल्पालीहरुको प्रतिनिधिको रुपमा बिभिन्न तहमा रही जिम्मेवारी सम्हाल्दै आएका छन् । उनै पाण्डेयले यही मंसिर २१ गते सम्पन्न निर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा भारी मत सहित बिजयी हासिल गरेका छन् । नेकपा एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका एमाले नेता सोम प्रसाद पाण्डेको जन्म २०१६ सालको असारमा पाल्पाको मदनपोखरामा भएको हो ।

इश्वरीप्रसाद पाण्डे र कमला पाण्डेका छोरा सोमप्रसादका २ छोरा र १ छोरी छन् । उनले त्रिभुवन विश्वविधालय काठमाण्डौंबाट कानुनमा स्नातक तह उत्तीर्ण गरेका छन । शारदा मावि मदनपोखराबाट एसएलसी दिएका पाण्डेले २०४४ सालमा दमकडा पाल्पामा अध्यापन समेत गराएका छन । २०२७ सालमा उनले राजनीति सुरु गरेका हुन् । माक्र्सवादी हुँदै माले र पार्टी एकतापछि एमालेमा रहेका पाण्डे २०५१ सालमा पहिलो पटक सांसदमा निर्वाचित भएका थिए । ५ वर्षपछि ०५६ सालमा भएको प्रतिनिधि सभाको चुनावमा पनि पाण्डे पाल्पा क्षेत्र नम्बर २ बाटै निर्वाचित भए ।

२०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका पाण्डे २०७० सालको चुनावमा भने यही क्षेत्रबाट विजयी भए । चुनाव जितेपछि २०७२ सालमा उनले उद्योगमन्त्रीको जिम्मेवारी पनि पाएका थिए । २०५१ सालमा नेपाल वार एसोशिएसनको अध्यक्ष बनेका पाण्डे २०५६ सालमा एमाले जिल्ला कमिटी सदस्य हुँदै नेकपा एमाले पाल्पाको इन्चार्ज समेत भएका छन् । उनी यतिबेला मतदाताहरुबाट बधाई तथा शुभकामना लिनमा व्यस्त छन् । पाण्डेयलाई हाम्रो तर्फबाट पनि बधाई तथा शुभकामना ।

Comments
Loading...