रुरु क्षेत्र धाम रिडीमा पहिलोपल्ट आई टि एफ तेक्वान्डो प्रतियोगिताको तयारी

0 166

बिष्णु पाण्डेय । पाल्पा
रुरु क्षेत्र धाम रिडिमा पहिलोपल्ट आई टि एफ तेक्वान्डो प्रतियोगिता हुने भएको छ । आई टि एफ डोजाङ्ग क्लब गुल्मीको आयोजनामा यहि फागुन ७ र ८ गत प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा तत्कालिन पश्चिमाञ्चल विकास क्षेत्र समेत समेटिने गरि ६ जिल्लाका ४७ बढि खेलाडि सहभागि रहने क्लबका अध्यक्ष बिकल पौडेलले जानकारी दिए । रुरु क्षेत्रलाई धार्मिक रुपमा मात्र नभई खेलकुदको माध्यमबाट पनि देश विदेशमा परिचित गराउन यस प्रतियोगिता आयोजना गरिएको उहाको भनाई छ .साथै पर्यटन प्रबर्धनमा पनि टेवा पुग्ने र खेलाडिको मनोबल समेत बढ्ने उनले बताए ।

खेलमा २५ केजि देखि ५५ केजिसम्म प्रतिस्पर्धा हुनेछ । खेल महिला र पुरुष दुवैको भिन्नाभिन्नै हुनेछ . विजेता हुनेले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Comments
Loading...