रैनादेबी छहराले भन्यो–कि पिसिआर गरौं, कि १४ दिन होम क्वारेन्टाइनमा बसौ

0 193

पाल्पा । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि जिल्लाको रैनादेबी छहरा गाउँपालिकाले स्वदेशका बिभिन्न स्थानका साथै भारत सहित तेस्रो मुलुकबाट पालिकामा प्रवेश गर्नुपुर्व पिसिआर गर्न अनुरोध गरेको छ ।

पालिकाले सोमबार एक सूचना जारी गर्दै पिसिआर सम्भव नभए अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्न समेत आग्रह गरेको छ । पालिका अध्यक्ष राम बहादुर कार्कीले समुदाय स्तरमा जोखिम बढ्दै गएकोले सबै पक्ष सचेत हुनुपर्ने बेला आएको बताए ।

यो समयमा जोखिम बढ्दै गएकोले सामुहिक भोज भतेर लगायतका कार्यक्रम समेत नगर्न पालिकाले अनुरोध गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेत बहादुर खत्रीले बताए । प्रमुख प्रशासकीय अधिकृत खत्रीद्धारा सूचनामा बैंक तथा बित्तिय संस्था लगायतक पसलहरुमा पुर्ण रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन समेत अनुरोध गरिएको छ ।

Comments
Loading...