पाल्पामा थप १७ जनामा कोरोना संक्रमण

0 310

शनिबार पाल्पामा १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै यहाँ संक्रमितको संख्या ९२ पुगेको छ। जिल्लाको रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वरका १२ जना, वडा नम्बर ३  भुवनपोखरीका ४ र माथागढी गाउँपालिकाका १ जना गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्व न्यौपानेले बताए।

उनका अनुसार १७ वर्षदेखि ३८ वर्ष उमेर समूहका छन्। प्रदेश ५ जनस्वास्थ्य प्रयोगशाला भैरहवाले सोमबार बेलुकी यसको पुष्टि गरेको हो। लकडाउन सुरू भएपछि भारतबाट फर्किएका उनीहरू स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए। 

उनीहरूलाई जिल्लाका विभिन्न आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। थाहा खबरबाट साभार

Comments
Loading...