लकडाउनको अवधिमा किन बढ्यो आत्महत्या ?

0 280

–के.वि.मसाल
आजभोलि लकडाउनको अवधिमा देशभर आत्महत्याका घटना बढेको समाचार आउने गरेको छ । चैत ११ गते देखि जेठ १० गते सम्म प्रहरी प्रधान कार्यालयको तथ्यांक लिने हो भने ९ सय ८२ जनाले आत्महत्या गरेका छन् । लकडाउनको अवधिभरको तथ्याङकलाई मात्रै हेर्ने हो भने पनि विगतको सामान्य अवस्थामा भन्दा यो बेला आत्महत्याका घटना निकै बढेको देखिएको छ । लकडाउनको अवधिमा आत्महत्या गर्नेमा प्रदेश नं १ मा १६६, प्रदेश २ मा १३३, बागमती प्रदेशमा १४२, गण्डकी प्रदेशमा ११६, प्रदेश नं ५ मा २२५, सुदुरपश्मिमा प्रदेशमा १००, उपत्यकाका ४६, जना गरी नेपाल भरमा ९८२ रहेका छन् । सबैभन्दा धेरै मानिस झुन्डिएर आत्महत्या गरेका छन । यसरी आत्महत्या गर्नुमा पछिल्लो समय सबै खालका मानसिक तनाव मुख्या कारण मानिएको छ ।


कोरोना भाइरससँगै जीवन कसरी चलाउने भन्ने डर, त्रास, रोजगारी गुम्नु जस्ता कारणले आत्महत्या बढेको विज्ञहरुको तर्क छ । विभिन्न कारणले आर्थिक संकट विकराल बन्दै जाँदा मानिसमा नैराश्यता उत्पन्न हुने गरेकोले आत्महत्या गर्नेको संख्या बढेको मनोबिज्ञहरुको छ । आत्महत्याको तथ्याङकलाई हेर्दा विष खाएर, हाम्फालेर र झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या बढेको देखिन्छ । मानिसले किन गर्दछ आत्महत्या यो खोजको विषय बनेको छ । किन बढदै छ आत्महत्या ? विद्यालयमा पढने सान बालवालीका देखि युवा, युवती, वयस्क र वृद्धहरुले समेत आत्महत्या गरेको तथ्यहरु फेला परेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार बर्षेनी विश्वमा ६ लाख ५० हजार मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ छ । बिश्वमा सबै भन्दा बढी आत्महत्या गर्ने देश जापान रहेको छ । अहिले नेपालमा आत्महत्या गर्नेको संख्या बढदो छ । नेपालमा प्रत्येक २ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको तथ्य फेला परेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको सातौं स्थानमा पर्न आउछ । महिलाको आँकडालाई हेर्दा त तेस्रो स्थानमा पर्न आउँछ । तर, लक्षण पहिचान गरि रोकथाममा ध्यान दिन सकेमा आत्महत्यालाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ ।


आत्माहत्या गर्नेहरुका धेरै कारणहरु पाइन्छ । चरम आर्थिक नोक्सानी, असफल प्रेमजस्ता कारणले पनि मानिस आत्माहत्या गर्ने गर्छन । प्राय ः उदास र निराशावादी भावनाका कारण मानिसले आत्माहत्या रोजछन् । आत्माहत्या गर्ने समयमा मानिसले बाँकी जीवनका लागि कुनै पनि विकल्प देखेका हुदैनन् । अत्याधिक रिसको कारणले पनि मानिबसले आत्महत्या गर्ने गर्छन् । सहन नसक्ने घट्ना, गम्भीर रोग,अपमानबोधका कारणले पनि मानिसले आत्महत्याको बाटो रोज्ने गर्छन् । कतिपय आत्महत्या वंशानुगत कारणले पनि हुने गर्छ । आत्महत्या गर्ने परिवारको इतिहासले पनि मानिसले आत्महत्या गरेको पाइन्छ । काममा असुरक्षा, असन्तुष्टि, निरन्तर दुव्र्यवहारको सामनाका कारण पनि मानिस आत्महत्याको निर्णयमा पुग्छ ।


आत्माहत्या गर्ने मानिसहरुमा पहिलानै लक्षणहरु देखिन्छ । अत्यन्तै धेरै वा कम सुत्ने हुन्छन । यस्तो मानिस चिन्तित र उत्तेजित हुन्छन् । आत्महत्याबारे सोचेको मानिस अत्यन्त निराशाजनक हुन्छ र हरेक क्षण एक्लोपनको महसुस गर्छ । सामाजिक कार्यमा सहभागी हुन नचाहाने, नहुने, कोहीसँग बोल्न आवश्यक नठान्नेजस्ता लक्षण पनि देखाउने गर्छन् । यस्ता मानिसले स्वयमलाई हानी गर्ने विधि पनि खोजि गरिरहेका हुन्छन् । विश्व स्वास्थय संगठनका तथ्यांकअनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको साताँै स्थानमा पर्छ । महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेसा्रे देश हो । विश्वभरको तथ्यांकले पुरुषमा ४५ र महिलामा ५५ बर्षपछि आत्महत्याको सम्भावना बढ्ने गरेको देखाउँछ । आत्महत्या गर्नका कारण त किटान गर्न सकिदैँन, तर अनुसन्धानले मानसिक रोगका कारण ९० प्रतिशतले आत्महत्या गर्ने गरेकाछन् । डिप्रेसन आत्महत्या गर्न सघाउ पु¥याउने प्रमुख मानसिक रोग हो । त्यस्तै बाइपोलार डिस्अर्डर, स्किजोफेनिजाजस्ता मानसिक रोगीहरुले पनि आत्महत्या गर्ने गर्छन् ।


विशेषगरी परिवारका सदस्यले नै आत्महत्याको लक्षणलाई पहिचान गरेर उत्प्रेरणा जगाउन आवश्यक हुन्छ । लक्षण देखाउँने व्यक्तिसँग लामो समय रहन पनि आवश्यक हुन्छ । यस्ता व्यक्तिलाई नियमित ध्यान गराउनुपर्छ । ध्यानले नकारात्मक विचारबाट प्रभावित हुनबाट जोगाउनुका साथै जिउने कलाको विकास गराउँछ । यस्ता प्रकारका मानिसलाई लागुपदार्थ र माद्यपानको लतमा फसेको भए तत्काल मुक्त गर्न प्रयास गर्नपर्छ । आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण कार्य हो । सामान्यतया आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनुपर्छ । त्यति गर्दा पनि जीवनशैलिमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्छ ।
मनोवैज्ञानिक भन्दछन–कुनैपनि मानिसले जीवनमा कुनैन कुनै वेला आत्महत्याको सोचाइ राखेको हुन्छ । मानव मस्तिष्कमा चौविसै घण्टा राम्रा विचार मात्र सिर्जना हुदैन । कतिपय वेला उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेटन नसकि मृत्युनै उसले मुख्यबाटो अपनाउन खोज्दछ । त्यसैले कुनै आत्मवल कमहुने व्यक्तिमा त्यस्तो सोचाइ उत्पन्न हुनासाथ उ तुरुन्त आत्महत्या गर्नेतर्फ लाग्दछ । आत्महत्याको सोचाइ गरिरहेको बेलामा साथीभाई अथवा अन्य मानिसको भेटवार्ताबाट पनी समयलाई गुजार्न सक्यो भने त्यो मानिस आत्महत्याबाट बच्न सक्छ ।


यसरी आत्महत्याको क्रम बढी रहदा एउटा प्रश्न सधै अधुरो रहने गर्दछ,आखिर किन गर्दछन मानिसहरु आत्महत्या ? आत्महत्या गर्नेहरुमध्य गरिवी,पारिवारिक कलह,अधुरो प्रेम,आर्थीक असफलता जस्ता कारणबाट मानिस आत्महत्या गरेको देखिन्छ । यस्तै प्रतिष्ठा कायमराख्न नसक्दा,व्यापार व्यवसायमा घाटा, आर्थीक भार, आफन्तको शोक, परिवारको मृृत्यु, दैविप्रकोप, आत्मसम्मान घटदै गएमा पनि आत्महत्या गरेको पाइन्छ । एक्लोपन,गल्ती वा अपराधको वोध,ज्यादा महत्वाकांक्षा, प्रेममा धोका, दिघ्ररोगी, नकारात्मक सोच, बिनालक्ष कामको तयारी र सामाजीक संन्जालको दुरुपयोग, पारिवारिक तनाव, महिला अस्मीतामा पर्नेचोटका कारण पनि आत्महत्या भएको देखिन्छ । यसरी देखिने अस्थाइ समस्यालाई समाधान गर्न नसक्दा कतिपय मानिस आफ्नो अमुल्य जीवन आत्महत्या गरी गुमाउछन ।


पूंजीवादी सस्कारमा हुर्केको हाम्रो समाजमा अधिकांश आत्महत्या गरिवीकै कारणबाट भएको पाइन्छ । यो बाहेक आत्महत्या गराउन प्रेरितगर्ने कारणमा सामाजिक र आर्थीक क्षेत्रमा विचलन,लगातार उदासिपन,चिन्तन छटपटी हुनु लगातार धेरैदिन सम्म निन्द्रमा गडबडी,दोधार मनस्थिती,हरेक कुरामा चाहाना घटदै जानुले पनि मानिसलाई नैरास्यता वनाउछ र उ आत्महत्याको सोचमा पुग्दछ । कतिपय अनमेल विवाह,झै–झगडा, लोग्नेस्वास्नीविच वैमनस्यता, सासू ससुराको टकस र प्रेम विछोडका कारण पनि मानिसले आत्महत्या गरेको पाइन्छ । युवाअवस्थाको लापर्वाहि, शिक्षाको ढिलाई र सगसगै पढेका साथहिरुको प्रगतीले पनि आत्मवलकम भएका मानिसलाईृ आत्महत्या गर्नेतर्फ उन्मूख पारेको हुन्छ । आत्महत्या गरेका मानिसहरुको अध्ययन गर्दा हरेकक्षेत्रको असफलता र वेरोजगारिका कारणपनि धेरै युवा युवतीले आत्महत्या गरेको पाइएको छ । अन्धविस्वास,जातियता,चेतनाको कमिले समेत आज मानिस आत्महत्यालाई अन्तिम बाटो अपनाउन पुगेका छन ।


नेपालमा मात्र होइन आत्महत्या गर्नेहरुको सख्याले विश्वलाई नै प्रश्नचिन्ह खडा गरिदिएको छ । मानिसहरु जीवन देखि किन हरेस खान्छन त ? मनोचिकित्सक भन्दछन–मानिसहरुले आत्महत्या गर्नुको पछाडी आ–आफ्नै कारण रहेको हुन्छ । जो नितान्त निजी,अज्ञात अनि डरलाग्दो । मनोविज्ञानका प्राध्यापकको भनाइ अनुसार अधिकाशं मानिसहरु वास्तवमा मर्न चाहदैनन । तर तिनिहरु विद्यमान परिस्थितीको अन्त गर्न चाहन्छन । जुनकुरा आत्महत्या गर्नुअघि लेखेर छाडिएका चिठ्ठीमा प्राय पाइने शव्दहरुले यि कुराहरुलाई संकेत गर्दछ । जस्तै अँह..मैले यो सहनै सकिन अथवा अबपनि किन बाचिँरहने ? जस्ता वाक्यहरुले जीवनका तिता वास्तविकताहरु देखि भाग्ने तिव्र इच्छालाई प्रकट गर्दछ । मानिसहरुको आत्महत्या गर्नुको कारण फरक–फरक भएपनि जीवनमा भोग्नु परेका समस्या लाई समाधान गर्न नसकिएको अवस्थामा मानिसलाई आत्महत्या गर्न उत्साहित गराउदछ । अरुको दृष्टिमा स्यानो मानिने कुरा उसको लागि ठूलो भएको हुन्छ । समस्या संग हरेस खानु पनि आत्महत्यामा सोच वढाउनु हो । यस्ता अनगिन्ती कुराहरुबाट के देखिन्छ भने आत्महत्या गर्नेहरुको मुल समस्या एउटै हुदैन । उमेर, समाज र उसले लिएको शिक्षामा समेत भर पर्दछ । आत्महत्या गर्नेहरुको तथ्याङले के देखाउछ भने यस्ता कायरहरु जुनसुकै वर्ग, सवै जाती र पेशामा लागेका मानिसहरु पर्दछन ।
मानिसले किन आत्महतया गर्दछ होला ? के कसैले आत्महत्या गर्दैमा उसको सवै दोष अथवा समस्याहरु पनि आत्महत्या सगै हत्या हुन्छ ? जव उ आफैले समस्याको समाधान निकाल्न नसकेर आत्महत्या गर्दछ भने उसको सन्तानको अवस्था कस्तो होला ? हाम्रो दर्शन र धर्मशास्त्रहरु अनुसार आत्मा जीवनको एउटा अंग हो । मानव प्राणि जुन अलौकिक छन उसको मृत्यु पछिपनि आत्माको मृत्यु हुदैन भन्ने मान्यता छ । तर भौतिक विज्ञानले आजसम्म यसबारे पत्ता लगाउन सकेको छैन । किनभने आत्माको जाचको लागि कुनैपनि नियन्त्रण मार्ग छैन । मृत्युपछि के हुन्छ भन्ने बारे आफ्नै किसिमको तर्क मानिसहरुले राख्दै आएका छन । मानिस जन्मीएपछि एकदिन मृत्युको मुखमा पुग्नै पर्दछ । यो प्रकृतीको नियम हो । जन्मिएपछि हुने जीवन यात्राको सत्यपनि मृत्यु हो । यस्तो कुरालाई पनि विर्सियर जीवन संग सघंर्ष गर्न डराउने कातर व्यक्तिहरु आत्महत्या गर्न तयार हुन्छन ।


आत्महत्या गर्न खोजेका तर असफल भएका वा चिकित्सकले बचाएका मानिसहरुको दिनचर्चा पनि अर्कै मानिन्छ । उसलाई हाम्रो समाजले हेर्ने दृष्टि अर्कै बनाएको हुन्छ । उ आफैपनि समाजमा लज्जात्मक शैलिमा बाच्नु पर्दछ । कोहि मानिस आत्महत्या असफल भै बाच्न गयो भने हिनताकोवोधले गाउनै छाडी पलायन हुनु परेको अवस्था पनि समाजमा छ । कतिपयले सामाजिक मर्यादा र आत्मा असन्तुलनकै कारण पुन आत्महत्या बाट जीवनको लिला समाप्त पारेका छन । मानिसको जीवन एउटा चेस अथवा बाघतालको खेलसगं दाज्न सकिन्छ । किनकी खेलका कोहिपनि हार्दछु भनेर खेल्दैन । तर खेलमा एउटा मात्र गोटी चाल्न गल्ती ग¥योभने खेल हार्न सक्दछ । त्यस्तै मानव जीवनमा हरेक किसिमको संघर्ष गर्नु पर्दछ ।


जीवनमा सुख दुखको यात्रा सबैमा हुन्छ । कहिले उदास हुनु र कहिले खुशि हुनु जीवन को नियम हो । तर लगातर उदास रहनु, खुशी पनि महसुस गर्न नसक्नु, हरेक काम बोझ झै लाग्नु, पहिला सहज लागेको काम पनि गाह्रो लाग्नु, लगातार नकारात्मक सोच मात्र आउनु, अब केहि राम्रो हुँदैन जस्तो सोच लगातार आउनु, शारीर दुख्नु खासै कारण नहुदा पनि छिटो थकाई लाग्नु, निन्द्रा भोक नलाग्नु, रुन मा लाग्नु, कसैले मायाँ गर्दैन भने सोच हावी हुनु, या आफु ले गर्दा सबैले दुख पाए जस्तो लाग्नु जस्ता उदासीपन का लक्षण कहिले कहि मानिसमा देखिन सक्दछ । त्यो समयमा आत्मा हत्या को सोच आउन सक्दछ भन्ने भनाई आत्मा हत्याको बारेमा अनुसंन्धान गर्दै आएका मानिसहरु को भनाई छ । त्यसैगरी अरु कडा खालका मानसिक रोग जस्तै स्किजोफ्रेनिया जसमा अरुले नसुनिएको आवज सुनिने, भ्रम हुने हुन्छ । शंका गर्ने लक्षण हुन्छ । त्यस किसिमका मानिसहरुले आत्महत्या गर्ने गरिएको एक अध्ययनले देखाएको छ । नसा लिने जस्तै रक्सी, गाँजा, अफीम, नसाको तनाव छोडन नसकेर अनि नसा लिने ब्यक्ती मा पनि आत्मा हत्या गर्ने किसिमको मानसिक रोग हुने सम्भावना धेरै हुन्छ ।


धेरै जनालाई जीवन को कुनै मोडमा केहि क्षणलाई नै आत्महत्या गर्ने सोच आउन सक्छ । कुनै पनि प्रकार या कारण ले आएको आत्मा हत्या को सोचलाई हटाउन साथी र परिवार, इस्ट मित्र, शिक्षकको सहयोग आवस्यक पर्दछ । एक पटक आत्महत्याको कोशिस गरेको मानिसले फेरी पनि आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ । त्यसैगरी परिवार मा कसैले आत्महत्या गरेको छ भने पनि आत्महत्या गर्ने सम्भावना धेरै रहेको देखिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने किन मान्छे आत्मा हत्या गर्दछ ? यो अध्ययनको बिषय हो । अत्मा हत्या गर्नेहरुले एउटै कारणले सबैले आत्महत्या गरेको पाइन्न । आत्मा हत्या रोग नभइ बिभिन्न कारणले निम्ताउने समस्या हो । मानिसले जीवनमा कुनै न कुनै बेला आत्महत्याको सोचाइ राखेको हुन्छ । मानव मस्तिष्कमा चौबिसै घण्टा राम्रा विचार मात्र सिर्जना हुँदैन । कतिपय वेला उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेटन नसकी मृत्यु नै उसले मुख्य बाटो अपनाउन खोजेको हुन्छ ।


मृत्युसंग नडराउने तर जीवनका सबै पक्षका सघंर्षसंग डरायर आत्महत्या गर्ने कातरहरुले सामाजीक समवेदना पाउने छैनन । समाज,घरपविार देखि लिएर साथीभाई सबैले आत्महत्या गर्नेलाई धिक्कार दिने छन । मूर्ख मानिसले मृत्युपछि पनि दुखःदिन्छ भन्ने हाम्रो सामाजीक मान्यता अनुसार आत्महत्या गर्ने मानिसले कानुनी तवरबाट पनि अरु मानिसहरुलाई अप्ठारो गराएर दुखःदिने काम हुन्छ । राज्यको दृष्टिकोणमा आत्महत्या गर्ने सामाजीक समस्या प्रति केन्द्रित हुन सकेको छैन । यसलाई न्युनिकरण गर्दै रोक्न सकिएन भने यसले समाजमा ठूलो समस्या खडा गर्दछ । यो कुरा समाजमा रहने सबैले बुझन जरुरी छ ।
मितिः– २०७७ जेष्ठ २१ गते दाङ

Comments
Loading...