लकडाउनमा पाल्पामा चोरी बढ्न थाल्यो, मन्दिरको ढोका फोरेर चोर्ने प्रयास

0 100

पाल्पा । यस क्षेत्रकै ऐतिहासिक भगवती मन्दिरमा सोमबार राती चोरीको प्रयास भएको छ । मन्दिरमा रहेको झ्यालमा रहेको ग्रील तोडिएको छ ।


भजन किर्तन गर्ने हलको कब्जा फोरिएको छ । भगवतीटोलमा नै रहेको एक पसलबाट पनि चोरी भएको छ । चोरले झ्यल ढोका फोरेपनी मन्दिरबाट सामान लैजान भने नपाएको र मन्दिर नजिकैको पसल बाट एक वटा पुरानो हट्केश लगेको, अर्को बहिर फुटालिदिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर सुरज श्रेष्ठले बताए ।


चोरीको घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तानसेन बजारको सुरक्षाको लागी कैलाशनगरमा जडान भएको सिसिक्यामेरा पनि केहि दिन अगाडि चोरी भएको थियो । यसैगरी तानसेनका बारुदखान, मेहल्धारा, नारायणस्थान, गैरागाउँ, धोबीधारा, बर्तुङ्ग लगायतका क्षेत्रमा चोरिका घटना भइरहेका स्थानीयले बताएका छन् ।

तस्बिरः साभार जगदिश भट्टराइको फेसबुकबाट

Comments
Loading...