लकडाउनमा समय बिताउन गाह्रो भएको छ ? यसो गर्नुस् ।

0 268

कला दाहाल
कोभिड १९ अर्थात् कोरोना भाइरसका कारण हामी मात्र नभई पुरै विश्व नै त्रसित छ । हामी आज सम्म सुरक्षित छौं र यसै गरी सुरक्षित रहिरहनको लागि हामी आफै नै जिम्मेवार बन्न आवश्यक छ । कोरोना भाइरस बाट जोगिनको लागि नेपाल सरकारले विभिन्न किसिमका अपील हरु गरिरहेको अवस्थामा सो को पालना गरी एक सचेत, जिम्मेवार र स्वस्थ नागरिक को चिनारी दिन जरुरी छ।

आज देश लकडाउनको अवस्थामा छ, के गरी विताइरहनु भएको छ यी दिनहुँ घर भित्र ? यो समय परिवार सँगको सामिप्यता बढाउने अवसर हो, यो समय घर भित्रका काम हरु सिक्ने अवसर हो, यो समय आफ्ना श्रीमानरश्रीमती, छोराछोरी आमाबुबा र आफू स्वयं लागि चिन्ने र बुझ्ने अवसर हो । घर भित्रै बसिरहँदा के गर्ने ? केही उपयोगी टिप्सहरु हामी हजुर लाई दिन चाहन्छौं, आशा छ यो घडीमा हजुरहरुलाई केही मद्दत मिल्ने छ ।


१. सके सम्म धेरै पढौं र आफ्ना छोराछोरीलाई पढ्ने बानी बसालौं । उपन्यास, कथा, कविता, पत्रपत्रिकाहरु पढ्ने बानीको विकास गर्ने यो राम्रो समय हुन सक्छ ।
२. ध्यान, योगा गरौं, आफू सँगै आफ्ना सन्तानलाई पनि स्वस्थ हुन उत्प्रेरित गरौं
३. चेस, क्यारम वोर्ड, लुडो, बाघ चाली, अन्ताक्छिरी जस्ता अन्य घरभित्रै गर्न सकिने गेम अर्थात घर भित्र खेलिने खेलहरु खेलेर परिवारजन हरुसंग गुणात्मक समय बिताउ ।
४. घरायसी काम गरौं र छोराछोरीलाई पनि त्यसमा संलग्न गराउ ।
५. कौसी खेती को सुरुवात गरौं र यस कार्यमा पनि आफ्ना छोराछोरीलाई संलग्न गरौं । बोटबिरुवाहरुलाई नजिक बाट नियालौं, प्रकृतिको महत्व बुझौं र बुझाउँ ।
६. आफ्नो घरमा ज्येष्ठ नागरिक अर्थात् हजुरबुबारआमा हुनुहुन्छ भने उहाँहरुको कुरा सुनौं र कथाहरु भन्न लगाउ ।
७. आफ्नो कोठा्, घर आफै सफा गरौं, आफूलाई मनपर्ने परिकार बनाई सबै सँगै बसेर खाने बानी को विकास गरौं ।
८. सामाजिक संजालको सही तरिकाले प्रयोग गरौं र गर्न सिकाउ ।
९. सृजनात्मक काममा आफू लाई व्यस्त राखौं, आफ्नो खुबी लाई नियालेर त्यसलाई बाहिर निकाल्ने प्रयत्न गरौं ।

आउनुहोस् आजै, अझ अहिलै बाट यो कोरोना भाइरस बिरुद्द एक जुट हौं । त्रसित भएर हैन डटेर, सकारातमक सोच राख्दै आशाबादी बनेर यसको सामना गरौं ।

Comments
Loading...