लप्सीको क्याण्डी,माडा,तितौरा बनाउने तालिम सम्पन्न

0 56

कृष्णकला भण्डारी । पाल्पा
मखनटोल विकास संस्थाको आयोजनामा तानसेनमा ३ दिने लप्सी पाउँ क्यान्डी सम्वन्धी सिपमुलक तालिम सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले प्रगती सानै कुराबाट हुने बताउँदै सिके जानेका सिपहरु उत्पादन र जीबनसँग जोडियो भने त्यसले ठूलो परिवर्तन ल्याउने र आत्मनिर्भर बन्ने टेवा पुग्ने बताए ।

यो सिपलाई लिएर नगरपालिकासम्म आउनुभयो भने हर क्षेत्रबाट सहयोग गर्न आफू तयार रहेको बताए । मखनटोल टोल विकास संस्था सरफाइदेखी अन्य सिपमूलक कार्यक्रम गर्दै आइरहेको र निकै सक्रिय रहेको बताउदै उपकरण सम्बन्धमा, बजारीकरणको सम्बन्धमा र अन्य कार्यमा पनि टोल विकास संस्थालाई सहयोग गर्न सदा तत्पर रहेको उनले बताए । संस्थाका सल्लाहकार हरि रायमाझिले उद्योग वाणिज्य संघले पनि स्थानीय उत्पादन र त्यसमा पनि महिलालाई प्राथमिकता दिने र उद्धमीको भविष्य राम्रो रहेको बताए ।


वडा नम्बर चारका अध्यक्ष राजेन्द्रमुनी शाक्यले आफ्नो उद्योगलाई दर्ता गरेर संचालन गर्न अनुरोध गर्दै आफू हरेक कुरामा सहयोग गर्न तयार रहेको,स्थानीय स्तरमा उत्पादन भएको लप्सीको अचार र अन्य परिकार उत्पादन गर्न यो क्षेत्र पछि नपरोस भन्ने शुभकामना दिए । तालिममा रजनी श्र्ष्ठले सहजीकरण गरेकी थिइन् । तालिममा २३ महिलाहरूको सहभागिता रहेको थियो । सहभागिलाई प्रमुख अतिथिमार्फत प्रमाणपत्र वितरण गरिएको थियो ।

Comments
Loading...