लागु पदार्थ सचेतना तथा ब्यवस्थापन कार्यक्रम बगनासकालीमा सम्पन्न

0 343

पाल्पा । बगनासकाली गाउँपालिका स्तरीय लागू पदार्थ सचेतना तथा ब्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले पछिल्लो समय समाजमा लागु औषध समस्याको रुपमा देखिएकोले यसको न्युनीकरणका कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने बेला आएको बताए ।

गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामीले लागु औषध नियन्त्रणका लागि सरोकारवाला सबैको क्रियाशिलताको आवश्यकता रहेको बताइन् । वडा नं. ५ का अध्यक्ष इश्वर कुमार राना, इन्सेक जिल्ला प्रतिनिधि यज्ञमुर्ति तिमिल्सिना, सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश उप्रेती लगायतले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रमका लागि बगनासकाली गाउँपालिका सहित युवराज बस्याल, सुदिप बस्याल, रुपेश घिमिरेको सहयोग रहेको थियो । कार्यक्रमको संचालन शुसील बस्यालले गरेका थिए । कार्यक्रममा पालिका भित्रका महिला समुहका प्रतिनिधिहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Comments
Loading...