लामाधामी गर्नेहरुलाई स्वास्थ्य शिक्षा

0 21

भुवन रायमाझी । रैनादेवी छहरा
समाजमा अझै पनि अन्धबिश्वासका कारण लामा धामीको बिश्वास गर्दा अनाहकमा ज्यान जाने खबर बाहिर आउने गर्छ । यसैकारण पश्चिम पाल्पाको रैनादेवी छहरामा रहेको छहरा स्वास्थ्य चौकीमा नवजात शिशु तथा बालरोगका बारेमा लामा धामीलाई नै उपस्थित गराएर स्वास्थ्य शिक्षा प्रदान गरिएको छ ।

लामा धामी र अभिभावकलाई बालबालिकामा धेरै जटिल समस्या हुँदा पनि अस्पताल नलगेर अन्धबिश्वासमा कै कारण लामाधामी खोज्ने परम्परा रहि आएको र अकालमा बाल बच्चाको ज्यान जाने हुदा अभिभावक पनि सचेत बन्नु पर्ने र लामा धामीले पनि आफुको मा आएका यस्ता जटिल सम्स्याको पहिचान गरेर अस्पताल पठाउन पर्नै कुरा जानकारी गराउन यो तालिम राखिएको छहरा सस्थ्य चौकी प्रमुख प्रतिक्षा लाम्टाङेले बताइन् । उनले चित्र नै देखाएर बालबालिकामा देखिने रोगका समस्या बच्ने उपाए स्वास्थ्य संस्थाको भुमिका र घरमै गर्न सकिने उपचारका बारेमा जानकारी गराएकी थिईन ।

सुआहारा कार्याक्रमले आयोजना गरेको सो कार्यक्रम छहरामा लामा धामी गरिरहेका ब्यक्ति बिद्यालयका शिक्षक,बिधार्थी र महिला स्वास्थ्य स्वमसेविकाहरुलाई बालबालिहरुलाई जन्मे देखि ५ वर्ष भित्र गरिने स्याहार पाष्टिक आहार र आबश्यक खोपका बारेमा सचेतना तालिम तथा यस्ता प्रकार कार्यक्रमहरुले बाल मृत्युदरमा कमी ल्याउने उद्धेश्य राखेर अन्तरकृया कार्यक्रम गरिएको सुआहारा कार्यक्रमकी फिल्ड सुपरभाईजर पबित्रा रायमाझीले जानकारी गराईन ।

३ दिन सम्म चलेको स्वास्थ्य सचेतना कार्यक्रमको समापन मा बोल्दै रैनादेवी छहरा गाउँ पालिकाका स्वास्थ्य प्रमुख जिवन रानाले यस्ता कार्यक्रमले समाजलाई सकारात्मक दिशा तर्फ लाने भन्दै नवजात शिशु तथा बालरोगको एकिकृत ब्यावस्थापनका बारेमा जानकारी गराए । कार्यक्रममा वडा अध्यक्ष बिष्णु पोखरेल वडा सचिव रविन्द्र रायमाझी महिला स्वास्थ्य स्वमसेविका समाजसेवी स्वास्थ्यसंग सम्बन्धित ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

Comments
Loading...