लायन्सले गर्यो बज्राचार्यलाई सम्मान

0 129

पाल्पा । लायन्स क्लव अफ श्रीनगर पाल्पाको आयोजनामा क्लबका संस्थापक अध्यक्ष डा. पुरनमान बज्राचार्य प्रदेशन नं. ५ को प्रदेशसभा सदस्यमा निर्वाचित भएकोमा एक कार्यक्रमका बीच सम्मानका साथै बधाई ज्ञापन गरिएको छ ।

प्रमुख अतिथि डिस्ट्रिक ए ओ जि राजेन्द्र लिगलले लायन्स क्लब बिशुद्ध सामाजिक संस्था भएको बताए । त्यस्तै गरि प्रदेशसभा सदस्य डा. पुरनमा बज्राचार्यले आफूले तानसेनको खानेपानी र सिद्धबाबा सडकको ब्यवस्थापनका लागि पहल गर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, बरिष्ठ पत्रकार मेघराज शर्मा जोन चेयरपर्सन खेम बहादुर सारु, एरिया चिफ कृष्ण कार्की लगायतले आआफ्नो धारणा राखेका थिए । क्लवका पुर्ब अध्यक्ष भेसराज सुवेदीले लायन्स क्लबको बारेमा जानकारी गराएका थिए । उपाध्यक्ष नारायण कार्कीको स्वागत सचिव यादव कार्कीको सञ्चालन र क्ललका अध्यक्ष भरत न्यौपानेको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

Comments
Loading...