लायन्स क्लव अफ बगनासकालीद्वारा जेहेन्दार बिद्यार्थीलाई न्यानो कपडा बितरण

0 282

चुरामणी तिमिल्सिना । पाल्पा
हामी सेवा गर्छौ,समाजसेवाबाट नै समाजलाई परिवर्तन गर्न सकिन्छ भन्ने मुल नाराका साथ स्थापित संस्था लायन्स क्लव अफ पाल्पा बगनासदेवीले रैनादेवी छहरा गाउँ पालिका–४ दागिलमा रहेको गोरखनाथ आधारभूत बिद्यालयमा अध्ययनरत २५ जना गरिव,बिपन्न तथा जेहेन्दार विद्यार्थीहरु लाई न्यानो कपडा बितरण गरेको छ ।

कार्यक्रममा संस्थाकी अध्यक्ष सुनिता अधिकारीले बिपन्न परिवारका जेहेन्दार बालबालिकाहरुलाई जाडोको समयमा केही सम्म भएपनि न्यानो होस् भन्नका लागि यसप्रकारको कार्यक्रम गरिएको बताइन् । कार्यक्रममा रैनादेवी छहरा– ४ का वडा अध्यक्ष बिष्णु पोखरेलले संस्थाको सहयोगी अभियानको प्रशंसा गरे ।

कार्यक्रममा संस्थाकी कोषाध्यक्ष अनु रायमाझी, बिद्यालयका प्रधानाध्यापक चुम ब पौडेल, शिक्षक सुबास पोखरेल, सुनिता गौतमले पनि धारणा राखेका थिए । यसरी न्यानो लुगा पाएपछि बिद्यार्थीहरु खुशी भएका छन् ।

Comments
Loading...