लोकगायक बद्री पंगेनीका बावुको स्मृतिमा रामपुरमा शोकसभा

0 165

बन्दना पोखेरल । (रामपुर) पाल्पा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष नेकपा कम्युनिष्ट पार्टी नेकपाका संगठित सदस्य बद्रि पगेंनी र रविन्द्र पगेंनीका पिता स्व. बोधराज पंगेनीको ११औ दिनको पुन्य तिथीमा बिहीवार नेकपा नगर कमिटिले शोक सभा गरेको छ ।


नेपालमा कम्युनिष्ट आन्दोलनका एक योद्धा गुमाउनुको पीडा सम्पुर्णमा परेको भन्दै उनको सपना सर्वहारा बर्गको मुक्ति र शुखी नेपाली समृद्ध नेपाल निर्माण गरेर पुरा हुने यस को बाटो अहिले सरकार लागि रहेको नेकपा केन्द्रिय कमिटि सदस्य प्रदेश न ५ का सह इन्चार्ज पाल्पा क्षेत्र न १ का संिघय सांसद दल बहादुर रानाले बताए । शोक सभाका मुख्य पाहुना समेत रहेका रानाले स्वर्गीय बोधराज पंगेनीले हरेक पटक सोधिरहेने विषय रामपुर प्याकलुकको पुल र बोटो रहेको बताउदै उनको सपना पुरा गर्ने गरि सरकार अघि बढ्ने बताए ।


शोक सभामा स्व बोधराज पगेंनीको बारेमा नेकपाका नेता उनका सहपाठी बिनोद पोखरेलले बोल्दै किसान आन्दोलनका लागि र तत्कालिन पन्च विरोधि अभियानमा लागि रहने दलित उत्पीडित समुहको मुक्तीको लागि सघंर्षरत रहेको र अन्तिम समय सम्म पनि कम्युनिष्ट र यसको कार्यका बारेमा चिन्तनरत रहेको बताए ।


नगर कमिटि अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको हो भने सचिव दामोदर पाठकको सन्चालनमा भएको थियो । नेकपाका नेता कार्यकर्ता शुभ चिन्तकहरुको उपस्थितिमा शोक सभा भएको थियो ।

Comments
Loading...