लोक गायक पौडेललाई युवा नागरिक अभिनन्दन

0 23

दयाराज न्यौपाने
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडामा जन्मिएका गायक नविन पौडेललाई पाल्पामा युवा नागरिक अभिनन्दन पत्रले सम्मान गरिएको छ ।

बगनासकालीमा जन्मिएर लोक गायक र लोक संस्कृतिको संरक्षण र सम्वर्धनमा महत्वपुर्ण खेलेको भन्दै उनलाई बरांगदीमा आयोजित एक भब्य कार्यक्रमका बीच अभिनन्दन गरिएको हो । बिपन्न परिवारका बालबालिकाहरुका लागि सहयोगार्थ आयोजित बृहत सास्कृतिक कार्यक्रम तथा कलाकार सम्मान तथा अभिनन्दन कार्यक्रमका अवसरमा उक्त सम्मान गरिएको हो ।

बेद युवा समुह बराङ्दीको आयोजनामा युवा सुचना केन्द्र र निरन्जन युवा कल्वको समन्वयमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा पत्रकार तथा इन्सेक पाल्पाका प्रतिनिधि यज्ञमुर्ति तिमिल्सेनाले सास्कृतिक कार्यक्रमसगै बिपन्न बालबालिकाहरुका सहयोगका निमित्त उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा राष्ट्रिय लोक गायक नविन पौडेलको मत त्यो घर के सम्झनु छ र जान्न मत त्यो घर, हुर्केकी छोरीलाई जोगाउनै गाह्रो लगायतका गीतको प्रस्तुतीले स्टेजमा रौनकता छाएको थियो । भने रोईला गाएक पुरुषोत्तम गैरेको तिन ठाउँ भयो खैरेनी काहा जाम भइरहनी, नेपालीहरुको यथार्थता युवा पुस्ता गाउँ छाडेर बिदेश पलायन भए जस्ता गतिले दर्शकहरुको मन जितेको थियो ।

राष्ट्रिय तथा स्थानिय कलाकारहरु सुमन गैरे,कमल भट्टराई बिमला परियार, नैना परियार, जयप्रकाश उप्रेती, शिव भट्टराई,हास्य कलाकार रमेश भट्टराई, बिराटपहाडी,रुपा नेपाली लगायतको प्रस्तुतीले स्टेज तताएको थियो । भने युवा समुहका सदस्यहरुले बिबिध कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी बगनासकाली गाउँपालीकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले यसप्रकारको अभियानमा आफ्नो सधै साथ र सहयोग रहने बताए । कार्यक्रममा निजामति कर्मचारी संगठनका पुर्व अध्यक्ष गणेश प्रसाद बस्याल नेकपा का नेता हरि प्रसाद पाठक,कृष्ण भुषाल,वडा अध्यक्ष गणेश प्रसाद बस्याल,गैर सरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सेना,निगरानी समितीका अध्यक्ष भगवान भण्डारी ,परिवार नियोजन संघ पाल्पा शाखाका प्रवन्धक शोभाकान्त न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

बेद युवा समुहका अध्यक्ष बरुण बस्यालले युवाहरुको भुमिका समाज रुपान्त्रणमा महत्वपुर्ण र जिम्मेवारी बनाउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउदै स्थानिय पहिचान समेट्ने प्रक्रियामा सधै लागी पर्ने बताए । कार्यक्रमबाटरु ३० हजार रुपैया संकलन भएको बेद युवा समुहका सचिव जिवन न्यौपानेले जानकारी दिए । बेद माध्यामिक बिद्यालय बराङ्दीमा सम्पन सास्कृतिक कार्यक्रमको संचालन बिष्णु तिमिल्सेना र लोक गायक सुमन गैरेले गरेका थिए ।

Comments
Loading...