वडा अध्यक्षसँगै पत्रकार पनि ओढारमा छिरे (भिडियो सहित)

0 84

पाल्पा । पूर्वखोला गाउँपालिकाको वडा नं. २ जल्पामा रहेको गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकका लागि मन लोभ्याउने गुफा छ ।
शुक्रवार जिल्ला स्थित पत्रकारहरु र यहाँका जनप्रतिनिधिहरुले यो गुफाको अवलोकन गरेका छन् । जल्पाका वडा अध्यक्ष निर बहादुर सारु, पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना सहित पत्रकार र स्थानीय युवाहरु गुफामा पसेका थिए ।

गुफामा छिर्न सुरुमा अलि अप्ठेरो छ । घिस्रेर जानुपर्छ । भित्र पसेपछि भने भलिवल खेल्न मिल्ने मैदान छ । यहाँका नागका आकृतिहरु देख्न सकिन्छन् । स्थानीय बुढापाकाहरुले आफूहरुले जान्ने बुझ्ने भएदेखि नै यस्तै अवस्थामा गुफा रहेको बताए ।

यसअघि पर्यटनकर्मीहरुले पनि यो गुफाको अध्ययन गरेका थिए । वडा अध्यक्ष निर बहादुर सारुले आगामी दिनमा यो गुफाको प्रचार प्रसार सहित थप प्रवर्धन गरिने बताए । फोटो तथा भिडियो साभार सेरेफेरो न्यज डटकम

Comments
Loading...