विपन्न समुदायका ब्यक्तिलाई न्यायो कपडा वितरण

0 72

बुटवल । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका तथा सैनामैना नगरपालिकाका युवाहरुको सक्रियतामा बुटवलका बिभिन्न स्थानमा गरिव, असाहाय तथा विपन्न परिवारका सदस्यहरुलाई शनिवार न्यानो कपडा वितरण गरिएको छ । सामाजिक सञ्जालबाट सुरु भएको युवा अभियानले शनिबार बुटलको ट्राफिकचोक, पुरानो बसपार्क र हाटबजार क्षेत्रमा गरि करिव १२० जनालाई नयाँ तथा पुराना जाडोमा लगाउने कपडा वितरण गरिएको अभियान्ता राजु टण्डनले बताए ।

गरिव, असाहाय तथा विपन्न परिवारलाई राहत प्रदान गर्ने उद्देश्यले यस अंगाडी नै नयाँ तथा पुराना कपडाहरु संकलन गरिएको थियो । त्यसरी सहयोग संकलन गर्ने क्रममा प्राप्त भएका नयाँ तथा पुराना कपडा तथा नगदबाट नयाँ कपडा किनेर उनीहरुलाई वितरण गरिएको अर्का अभियान्ताका सहयोगी सुरेश रेग्मीले बताए ।

जाडोको समयमा न्यानो कपडा वितरण गर्दा प्राप्त गर्नेहरु न्यानो आभास गरेको र ज्यादै खुसी भएको उनीहरुले बताएका छन् । तीन नगरपालिकाका करिव १४-१५ जना युवाको यो अभियान अझै फराकिलो गर्दै अँगाडी बढ्ने बताएका छन् ।

Comments
Loading...