विप्लव निकट शिक्षक संगठनका अध्यक्ष पक्राउ

0 25

पाल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले चैत २९ गते पक्राउ गरेको छ ।

उनलाई जिल्लाको सदरमुकाम तानसेनबाट दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी विश्वमणि पोखरेलले बताए । बुढामगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

उनले रैनादेवी छहरा गाउँपालिका ६ जुठा पौवास्थित कुवाँरी आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका छन् । शिक्षक सेवा आयोगले लिएको आन्तरिक परीक्षामा उर्तीर्ण भएका बुढामगरलाई शिक्षा इकाइ समन्वय समितिको कार्यालयमा नियुक्तिपत्र लिन आउने क्रममा पक्राउ गरिएको हो ।
उनीमाथि आइतवार मुद्धा दर्ता हुने तर कुन अभियोगमा मुद्धा गर्ने भन्ने विषयमा भने प्रहरीले सार्वजनिक गरेको छैन ।

Comments
Loading...