व्याकरण सिकाउने तीज गीत (भिडियो सहित)

0 23

पाल्पा । नेपाली व्याकरण सहजरुपमा सिकाउने गीत यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ। नेपाली ब्याकरण सिकाउने तीज गीत अहिले करिब १ लाख ८४ हजार ले युट्युवमा हेरिसकेका छन् भने फेसबुकमा समेत यसको चर्चा छ।

गीतमा ह्वस र दीर्घ कसरी छुट्याउने, कस्तो शब्द ह्वस र दीर्घ हुन्छन् भन्ने गीत मार्फत सिकाइएको छ। यो गीत अवारनेस इन्टरनेसनल एकेडेमी (एआइए) का विद्यार्थीले बनाएका हुन्।

गीत भने सो विद्यालयका नेपाली विषयका शिक्षक विमल घिमिरेले लेखेका हुन्। ‘विद्यार्थीलाई सहज तरिकाबाट व्याकरण सिकाउनको लागि यो गीत लेखेको हुँ’, घिमिरेले भने, ‘व्याकरण पढ्ने समयमा विद्यार्थीले झर्को मान्न थालेपछि कसरी सिकाउन सकिएला भन्ने सोच्दै यो विधि प्रयोग गरेको हुँ।’ यो शिक्षण विधिको रुपमा आफुले प्रयोग गरेको उनको भनाई छ।

Comments
Loading...