शर्मिला र पुरुषोत्तमले चेलीको मन रुवाउने गीत गाए (भिडियो सहित)

0 27

पाल्पा । यसपालिको तीजमा आएका गीतहरु मध्येकै उत्कृष्ट गीत बजारमा आएको छ । स्वाभिमान क्रियशनको बजार ब्यबस्थापनमा मीरा महोत्राको तीज कोशेली चेलीको व्यथा बजारमा भर्खरै मात्रै सार्बजनिक भएको हो । लोकप्रिय गायिका सर्मिला गुरुङ र पुरुषोत्तम गैरेले उक्त गीतमा स्वर दिएका छन् । राजु महोत्राको शब्द तथा पुरुषोत्तम गैरेकै लयमा रहेको उक्त गीत स्वाभिमान क्रियशनले बजार व्यवस्थापन गरेको छ ।

गीतमा गरिव चेली र धनी माइतीको प्रसंग उठाइएको छ । गरिबको घरमा बिहे भएर गएकी छोरीलाई छोरी गरिव भएपछि माइतीले हेर्ने नजर परिबर्तन भएको कथा व्यथा गीतमा देखिएको छ । बिष्णु भट्टराईले निर्देशन, छायांकन सम्पादन रहेको भिडियोमा सगुन शर्माको श्रृंगार रहेको छ । गीतमा मीरा महोत्रा, राजु महोत्रा, पुष्पा ज्ञवाली, लगायतका कलाकारले आफ्नो भूमिका निर्बाह गरेका छन् ।
गीतको पूरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्

Comments
Loading...