शिक्षकलाई मासिक तलब दिन शुरु

0 170

एवत सारू । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक रुपमा तलब भत्ता पाउने भएका छन् । बाल विकास केन्द देखि कक्षा १२ सम्मको व्यववस्थापकीय अधिकार स्थानीय सरकारलाई दिइए पछि आर्थिक वर्ष २०७४।०७५ को दोश्रो चौमासिक रकम एकमुष्ट रुपमा विद्यालयको खातामा प्रविष्ट गरिएको रम्भा गाउँपालिकाका श्रोत व्यक्ति विश्वराज ज्ञवालीले बताए ।

गाउँपालिकाका ३७ सामुदायिक विद्यालयको खातामा रम्भा गाउँपालिकाले मंसिर देखि फागुन सम्म ४ महिनाको दोश्रो चौमासिक तलब भत्ता २ करोड ६४ लाख ९७ हजार ३३७ रुपिया सम्बन्धित विद्यालयको खातामा रकम दाखला गरिएको श्रोत व्यक्ति विश्वराज ज्ञवालीले बताए ।

गाउँपालिकाले विद्यालय संचालन तथा व्यवस्थापन अनुदान मसलन्द शिर्षकमा ५ लाख १४ हजार रुपिया समेत विद्यालयहरुको खातामा जम्मा गरेको छ । जम्मा भएको रकम विद्यालयले नियमानुसार मासिक रुपमा शिक्षकलाई भुक्तान गर्न सक्ने छ । यस अगाडी सामुदायिक विद्यालयका शिक्षकहरुले चार महिना शिक्षण गरे पछि चौमासको अन्त्यमा चौमासिक रुपमा रकम लिंदै आएका थिए । मासिक रुपमा तलब भत्ता उपलब्ध भए पछि शिक्षकहरुले चार महिना कुर्नु पर्ने बाध्यता हटेको र खर्चपर्च गर्न सजिलो हुने सानाहुँगी मावि फोक्सिङ्गकोटका शिक्षक मोहन दर्लामीले बताए ।

रम्भा गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा जाडो विदा भएकोले विद्यालय खुले लगत्तै शिक्षकहरुले तलब खाने भएका छन् । जिल्ला शिक्षा कार्यालय पाल्पाले विद्यालयको खातामा रकम दाखला गर्दै आएकोमा स्थानीय सरकार बनेपछि पहिलो चौमासिक रकम समेत विद्यालयको खातामा दाखला गरेको थियो । पहिलो चौमासिक रकम चौमासको अन्त्यमा ढिलो गरि निकासा भए पनि आगामी दिनमा मासिक रुपमा रकम निकासा हुने हुँदा सयौं शिक्षकले राहत महसुुस गरेका छन । जिल्लाका विभिन्न स्थानीय तहमा समेत स्थानीय सरकारले सामुदायिक विद्यालयको खातामा रकम जम्मा गरेका छन् । फोटोः गुगल

Comments
Loading...