शिक्षक दरबन्दी मिलानमा पाल्पाका शिक्षक पाल्पामै रहन पाउने

0 776

पाल्पा । जिल्लाको तानसेन नगरपालिकाका २६, रम्भा गाउँपालिकाका ११ र बगनासकाली गाउँपालिका भित्रका २१ वटा प्राथमिक बिद्यालयका दरवन्दी मिलान तथा पुनविस्तारको सिलसिलामा रहेका शिक्षकहरु पाल्पामै स्थानान्तरण हुन पाउने भएका छन् ।

शिक्षा बिकास तथा समन्वय इकाई पाल्पाका अनुसार पुल दरबन्दीमा रहेका शिक्षकहरु रामपुर नगरपालिका, पूर्वखोला गाउपालिका र तिनाउँ गाउँपालिकामा स्थानान्तरण हुन पाउनेछन् । यसरी स्थानान्तरण हुन चाहने शिक्षकहरुले निवेदन दिन समेत इकाईले अनुरोध गरेको छ ।

Comments
Loading...