शिक्षा ऐन संसोधन खारेजीको माग सहित सरकारलाई ध्यानाकर्षणपत्र

0 29

पाल्पा । शिक्षा ऐनको नवौं संसोधन पारित निर्णय प्रति पाल्पाका बिद्यार्थी संगठनहरुले बिरोध जनाएका छन् । उनीहरुले उक्त निर्णयले सरकारी तथा सार्वजनिक विद्यालय धारासायी बनाउने भन्दै खारेजीको माग सहित आज जिल्ला शिक्षा अधिकारी मार्फत सरकारलाई ध्यानाकर्षणपत्र पठाएका छन् ।

ध्यानाकर्षणपत्रमा नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य हरिबोल भट्टराई, नेविसंघ पाल्पा सभापति कृष्ण बहादुर आले, अनेरास्ववियु क्रान्तिकारी सचिवालय सदस्य बलु गैरे, अनेरास्ववियु क्रान्तिकारी पाल्पाका अध्यक्ष पदम सोमै, अखिल छैठौका अध्यक्ष पुरन पोखरेल र बिद्यार्थी नेता राजकुमार पन्थीले हस्ताक्षर गरेका छन् ।
सरकारले उक्त निर्णय खारेज नगर्दासम्म आफूहरु निरन्तर संघर्षमा रहने बिद्यार्थी नेता राजकुमार पन्थीले पाल्पा समाचार डटकमलाई बताए ।

Comments
Loading...