शिरिष र शिलुले ल्याए रोइला गीत तल्लाघरे सान्नानी (भिडियो सहित)

0 62

पाल्पा । पाल्पामा जन्मेर नेपाली लोक गायनको क्षेत्रमा रोइलाको हिरोको रुपमा चिनिएका शिरिष देवकोटा र चर्चित गायिका शिलु भट्टराइले नयाँ रोइला गीत तल्लाघरे सान्नानी बजारमा ल्याएका छन् ।

यो गीतको भिडियो मंगलवार दिउँसो युट्युव मार्फत सार्वजनिक भएको छ । बसन्त फिल्मस् मार्फत बजारमा आएको उक्त गीतमा शिरिष र शिलुको स्वर रहेको छ । जमसा शब्द सुदन अर्यालको रहेको छ । लय सन्त बहादुर रानाले बनाएका छन् । गीतमा संगीत संयोजन कृष्ण बिकको रहेको छ ।

गीतमा ध्वनी मिश्रण खड्क बाजुरालीले गरेका छन्, छायांकन राजेश घिमिरेले गरेका छन् । बिष्णु शर्माको सम्पादन रहेको गीतको भिडियोमा प्रकाश भट्टको निर्देशन रहेको छ । गीतमा परदेशबाट फर्किएर अव नेपालमै केही गर्ने अठोट बोकेको युवा, गाउँकी राम्री र उही विदेशबाट फर्किएको युवालाई साथ दिन तयार रहेकी चेलीको दोहोरी सहितको शब्द समेटिएको छ ।

भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

Comments
Loading...