शिवरात्रिको अवसरमा आध्यात्मिक प्रवचनसहित स्नेह मिलन

0 156

पाल्पा । महाशिवरात्रि अवसरमा शुक्रबार ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग केन्द्र पाल्पामा आध्यात्मिक प्रवचन, स्नेह मिलन तथा शिव ध्वजारोहरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले मानव–मानव विचको द्वन्द्व न्यूनिकरणका लागि शिवरात्री पर्वमा आयोजित कार्यक्रमले ज्ञानको माध्यमबाट शान्ति र सदाचारयुक्त समाज निर्माणमा मद्दत गर्ने जनाए ।

यस्तैगरी कार्यक्रममा तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी पाठकले शिव आरधानाले ज्ञान, शक्ति र पवित्रतामा लाग्न उत्प्रेरित गर्ने बताए । उनले आध्यात्मिक क्षेत्रमा राजयोग केन्द्रले पु¥याएको अतुलनिय योगदानको प्रंशसा गरे । तानसेन नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष सागरमान महर्जनले आहार विहारलाई सात्विक योजनामा ल्याउन सकेमा काम, क्रोध, लोभ, मोह कम हुँदै समाजमा हिंसा कम हुने धारणा राखे । स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराईले धर्म, दर्शन र ज्ञानले सत्कर्मप्रति जागृत गराउँदै बाँच्न उत्प्रेरित गर्ने भन्दै शिवरात्रि पर्वको अवसमा आयोजित कार्यक्रमले शिवरात्रीको महत्त्व उजाजर गर्नमा सहयोग गरेको धारणा राखे ।

कार्यक्रममा ब्रह्मकुमार भानुप्रकाश पौडेलले कार्यक्रमको औचित्यताबारे प्रस्टपार्दै योग र ज्ञान साधनाको अभियानमा जुट्न सकेमा सुख, शान्ति, आनन्द र समृद्धि मिल्ने बताए । उनले दिव्य ज्ञान र योग साधनाले ज्ञान, गुण र शक्ति प्रदान गर्ने भएकोले नियमित आध्यात्मिक चिन्तनमा लाग्न अनुरोध गरे । सोही कार्यक्रममा शिवमहिमाबारे बताउँदै ब्रमकुमारी शारदाले शिवरात्रिको दिव्य, पवित्र मानव बन्नका लािग मनका कलुषित र नराम्रा भावना त्याग्न शिवरात्रीले सन्देश दिने बताइन् । उनले शिवरात्रिमा ब्रत बन्नु भनेको पवित्र मनका साथ काम, क्रोध, लोभ, मोह अहंकार त्यागेर सुख, शान्ति, समृद्धि र आनन्दमा लाग्ने उर्जा भएको जनाइन् ।

कार्यक्रम राजयोज केन्द्रकी सञ्चालिका ब्रह्मकुमारी प्रेमाको अध्यक्षतामा चलेको थियो । शिवरात्रीकै अवसरमा तानसेन शिवालय मन्दिर, प्रभासको शिवमन्दिर, बगनासकाली सिंशासन लगायतका शिवमन्दिरमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

Comments
Loading...