शिवासन क्षेत्रमा धार्मिक पर्यटक बढे

0 22

पाल्पा । बगनासकाली गाउपालिका वडा नं. ८ बराङदीमा रहेको महामृत्युञ्जय शिवासन क्षेत्रमा पछिल्लो धार्मिक पर्यटकको आकर्षण बढेको छ । यहा दैनिक दर्जनौ स्वदेशी तथा बिदेशी धार्मिक पर्यटकहरु आउने गरेका छन् ।

७० प्रतिशत तामा र ३० प्रतिशत पित्तल गरि ३ हजार किलोको बिशाल शिव मूर्ति रहेको उक्त शिवासन क्षेत्रलाई नेपालमै प्रशिद्ध धार्मिक स्थलको रुपमा बिकास गर्ने गरि योजना अगाडि बढेको र पछिल्लो समय धार्मिक पर्यटकहरु पुग्ने क्रम बढेको अध्यक्ष्ँ माधव बश्यालले बताए । उनले भने–“दैनिक यहा आउने, पाठपुजा गर्ने र तस्बिर खिचाउनेहरुको भीड नै लाग्ने गर्दछ ।” स्थानीय झिल्लुप्रसाद बश्याल र केमुनादेबी बश्यालका ६ छोरा तथा ५ छोरी मध्ये १ सन्तानको रुपमा रहेका हाल बेलायतमा रहेका भिम बश्यालले यो अभियानलाई अगाडि बढाउन नेतृत्व गरेका हुन् ।

“महामृत्युञ्जय मन्त्रको प्रत्यक्ष प्रभावबाट आकर्षित भई मन्त्रकै नाममा यस बिराट स्वरुपको नामाकंन गरि संस्थाको नाम महामृत्युञ्जय शिवासन नेपाल म आफैले गरेको हु“ । हालको मुल्यांकन बमोजिम स्वरुपमको कुल लागत करिव १ करोड रहेको छ । गुरुयोजनाको मुल्यांकन बमोजिम यो योजनाको कुल लागत शिवजीको मूर्ति र जग्गा बाहेक १४ लाख ३५ लाख रहेको छ ।” उनले भने । बस्यालले अगाडि भने–“अध्यात्मवादको माध्यमद्धारा राष्ट्रिय आय ब्यय बढाउने, रोजगारीका अवसरहरु सृजना गर्ने, मानवीय सोच सकारात्मकता बढाउने, भाई मातृत्व बढाउने, गरिबी, छुद्रता र अहमता निर्मुल पार्ने पर्यटनमा बढावा दिने र दिगो शान्तिको स्थापना गर्ने यस संस्थाका मुख्य उद्देश्य हुन् ।” उनले भने ।

“बिश्वका विकसित मुलुकहरु हेर्दा मानिसहरु अनुशासन, कर्तब्य र राष्ट्रमोहको दायरा भित्र रहेकोले नै राष्ट्रहरु अघि बढ्न सफल भइरहेको महसुस गरि हाम्रो देश छाडा स्वच्छन्दतावादको बिगबिगिमा फसेका कारण पछाडि धकेलिदै गएको गरिबिको चपेटामा फसेको कुरा यथार्थ हो । अनुसासनको जरो आध्यात्मवाद हो र संस्कृति पयार्यबाची नै भएकोले यस्ता बिकृतिहरुमा टेवा पुरयाउनका लागि योजनाको कल्पना भएको हो ।” बस्यालले भने । राष्ट्रलाई नै प्रभाव पार्ने उद्देश्यले कल्पना गरिएको महामृत्युञ्जय शिवजीको स्वरुप मूर्ति कारिताका लागि बिश्व बिख्यात पाटनका दक्ष कालिगढद्वारा १८ महिनाको परिश्रमबाट तयार गरिएको छ । यसको पूर्ण अंग १२ फिट र ७० प्रतिशत तामा र ३० प्रतिशत पित्तलको मिश्रणबाट ३ हजार किलो तौलमा तय गरिएको छ । यहा“ नेपालका सबैभन्दा ठूला २ घण्ट, बसाहा, डमरु, कमण्डलु, त्रिशुल राखिने लक्ष्य रहेको बस्यालले बताए । त्यस्तै शिवासन क्षेत्रको समग्र बिकासका लागि गुरुयोजना समेत तयार गरिएको छ । मानवीय सेवाका क्षेत्रमा बृद्धाश्रम तथा अनाथालय निर्माण गर्ने योजना समेत रहेको समितिले जनाएको छ । त्यस्तै शिवासन परिसरमा २०६८ साल अक्ष्यतृतीयाका दिन महामृत्युञ्जय मन्त्र होमन गरि शक्ति संचय अभियानका अखण्ड दिप समेत स्थापित भएको छ । त्यस्तै अखण्ड दिप समेत २०७० फागुनमा स्थापना भएको छ । शिसावनक्षेत्रको बिकासका लागि बिदेशमा रहेकाहरु युवाहरु पनि लागिपरेका छन् । त्यस्तै यो क्षेत्रको विकासको लागि आउदो शिवरात्री पर्वको अवसरमा १० दिने महायज्ञ संचालन गर्नका लागि तयारी समेत सुरू भएको छ ।

Comments
Loading...