शैक्षिक गुणस्तर सुधार्न शिक्षक–अभिभावक कस्सिए

0 121

गोपाल प्रसाद वश्याल । पाल्पा
रम्भा गाउँपालिका वडा नं. ३ झेस्काङ, पाल्पास्थित कृष्ण मा. वि. का शिक्षक तथा अभिभावकहरू शैक्षिक गुणस्तर सुधार गर्नका लागि अघि सरेका छन् । यस्का लागि कार्तिक महिनाको तेस्रो साता शिक्षक तथा विद्यालय ब्यवस्थापन समितिका सदस्यहरू सम्मिलित विभिन्न समूह निर्माण गरी टोलटोलमा घर दैलो गरेका थिए । प्रत्येक अभिभावकलाई भेटेर विद्यार्थीका सिकाइ उपलब्धी, बानी ब्यवहारबारे जानकारी गराउनुका साथै अभिभावक र विद्यालयसँगका अपेक्षाबारे छलफल चलाइएको थियो ।

विशेषगरी मगर र दलित बस्ती रहेको विद्यालय सेवा क्षेत्रमा समुदाय अनुसारका परम्परागत रीति, परम्परागत बानी ब्यवहारका कारण शैक्षिक गतिविधिमा परेका नकारात्मक प्रभाव कम गर्न घरदैलो गरिएको र यस्को सकारात्मक सन्देशका कारण पछिल्ला दिनहरूमा विद्यार्थीका शैक्षिक क्रियाकलापप्रति अभिभावकको चासो बढेको प्रधानाध्यापक कमलराज बस्यालले बताए ।
विगतमा अभिभावकको उपस्थिति विद्यालयमा अत्यन्त कम हुने गर्दथ्यो भने घरदैलो पश्चात् मंसीरको पहिलो साता कक्षा १० का अभिभावकका लागि आयोजना गरिएको अभिभावन शिक्षा कार्यक्रममा ४५ मध्ये ३७ जना अभिभावकहरू उपस्थित भएका थिए । कार्यक्रममा शेक्षिक तालिम केन्द्र पाल्पाका प्रशिक्षक गोपाल प्रसाद वश्यालले बालबालिकाको पालनपोषण, शिक्षा, स्वास्थ्य, बानी ब्यवहार र विद्यालयसँगको सम्बन्धका बारेमा प्रशिक्षण दिएका थिए ।

बालबालिकाहरू अभिभावकका बानी ब्यवहारबाट धेरै सिक्ने र छोराछोरीको क्षमता विकास नै जीन्दगीको कमाइ भएकाले बाबुआमाले छोराछोरीको पढाइलेखाइमा विशेष ध्यान दिनुपर्नेमा सबै अभिभावक सहमत भएका छन् । प्रशिक्षक वश्यालले विद्यार्थीहरूसँग समेत अन्तक्र्रिया गर्दै परीक्षा तयारी, परीक्षा दिंदा अपनाउनुपर्ने ब्यवहारहरू, वैयक्तिक तथा वातावरणीय पक्षका सम्बन्धमा गर्नुभएको प्रस्तुतिबाट सिकाइ उपलब्धी बृद्धि गर्न विद्यार्थीको समेत महत्वपूर्ण भूमिका रहने महसूस गरिएको छ ।

त्यसैगरी विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षकहरू तथा अगुवा अभिभावकहरूको संयुक्त समूह निर्माण गरी विद्यालय ब्यवस्थापन, गुणस्तर ब्यवस्थापन, स्रोत तथा भौतिक ब्यवस्थापन र सामाजिक सम्बन्धका विविध पक्षहरूको वर्तमान अवस्थाको पुनरावलोकन गरी तत्कालीन कार्य र दीर्घकालीन कार्यहरूको सूची निर्माण गरिएको छ । छलफलबाट निकालिएका केहि महत्वपूर्ण निष्कर्षमा विद्यार्थी परामर्शका लागि शिक्षक समूह निर्माण, डिजिटलाइज्ड लेखा प्रणालि, कक्षाकोठा सजावट, कमजोर विद्यार्थी लक्षित सहुलियतपूर्ण अतिरिक्त कक्षा सञ्चालन, सामाजिक समस्यामा आधारित जनचेतनामूलक सडक नाटक, पोष्टर, ¥याली प्रदर्शन गर्ने, शिक्षक तथा अभिभावक शिक्षा कार्यक्रम आयोजना गर्ने, नतीजा विश्लेषण र प्रतिवद्धता सार्बजनिक गर्ने, आवश्यक शिक्षक पूर्ति तथा थप कोठा, फर्निचर र खेल मैदान निर्माणका कामहरू छन् । यि समेत कार्यशालाबाट तयार गरिएका सबै विषयवस्तुहरूको अभिलेखीकरण गरी विद्यालय ब्यवस्थापन समिति र स्टाफ बैठकबाट निर्णय गरी क्रमशः लागू गर्ने प्रतिवद्धता प्रधानाध्यापक कमलराज बस्यालले ब्यक्त गरे ।

Comments
Loading...