शैक्षिक व्यापार अन्त्यका लागि क्रान्तिकारीको अभियान सुरु

0 80

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले २१ औँ राष्टिय सम्मेलन र दोस्रो पूर्ण बैंठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै अब पनि बिभिन्न बाहनामा हुने शैक्षिक ब्यापार नरोकिए आफूहरु कारवाही गर्न बाध्य हुने जानकारी गराएको छ ।

अखिल क्रान्तिकारीले देशमा भईरहेको शिक्षा व्यापारीकरणको अन्त्यका लागि गर्न सक्ने काम कारवाही तथा निजि विद्यालय मात्र नभएर सस्थागत विद्यालयहरु पनि व्यावसायीक रुपमा लागेकोले यसको अन्त्य गर्नुपर्ने र संस्थागत विद्यालयले समेत प्राविधिक शिक्षामा जोड दिई विद्यार्थीलाई व्यवहारीक हुने समेत केन्द्रिय परिपत्रमा उल्लेख गरेको छ । परिपत्रमा उक्त नियमहरु नमानेमा अथवा अटेरी गरेमा उक्त शैक्षिक सस्थांलाई कारवाहि तथा भण्डाफोर गर्न सकिने समेत उल्लेख गरेको छ ।

मंगलबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी जिल्ला ईन्चार्ज पार्वती विक सामनाको प्रमुख अतिथ्यता, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष मुक्ति गैरेको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु पार्टीका जिल्ला सचिवालय सदस्य मीन आले, अखिल नेपाल किसान संघ पाल्पा संयोजक टोपराज बश्याल, अखिल नेपाल शिक्षक सङ्गठन पाल्पाका सचिब निशान पटेल, क्रान्तिकारी पत्रकार सङठन पाल्पाका सयोजक प्रबेश पन्थी, रेड फोर्स पाल्पाका संयोजक शंकर तामाङ र विभिन्न सञ्चार माध्यमका करिब १५ जना पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मुक्ति गैरेले राष्टिय सम्मेलनले तय गरेको नीति, निर्णय तथा कार्यनितिको बारेमा जानकारी दिए । साथै पत्रकारबाट आएको टिकाटिप्पणीको समेत कडा रुपमा जवाफ दिने कार्य गरे । केन्द्रिय निति मात्रै नभएर जिल्लामा आफुले गर्ने कामकारवाहि तथा शैक्षिक क्षेत्रमा भएका विकृतीहरुका अन्त्यका लागि लागिरहेको बताए । अध्यक्ष गैरे भन्छन् उक्त शैक्षिक सस्ंथालाई जानकारी समेत गराएको र पालना समेत भईरहेको छ भने कुनै कारणवस अस्विकार गरेमा त्यसलाई कडा कारवाहि गरिरहेको र आगामी दिनमा समेत गर्नेछ । निजि शिक्षण सस्ंथामा सञ्चालक तथा प्रअहरुले गर्ने निर्णयहरुमा शुल्क तथा मनोमानि रुपमा विभिन्न प्रकाशनको पुस्तकको प्रयोग गराएको पाईएकोमा कडा कारवाहि तथा सस्थानै बन्द गराउने चेतावनी दिइएको छ । सरकारी विद्यालयमा हुने कितावहरु कुनै पुस्तक पसलमा ल्याएर बाड्नुको सट्टा शिक्षा कार्यालयले नै बाडेमा कम मुल्यमा हुने तथा सहज हुने समेत जानकारी गराएको छ ।

प्रमुख अतिथि नेकपाका जिल्ला ईन्चार्ज सामनाले पार्टीको हालको अवस्था र संसदवादी, भारतीय विस्तारवादीले देशलाई गरेका कुकार्यका विरुद्ध लागि रहेको देशलाई वैदेशिक हस्तक्षेपबाट जोगाएर राख्ने र आगामी दिनमा दलालहरुले पैसा खर्च गरेर जितेर आफ्नो मात्र दुनो सोझ्याउन खोजेकोले तिनलाई जनताकै सामु नांगेझार पार्ने समेत चेतावनी दिईन । सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला सचिब श्रीराम बश्याल र समापन जिल्ला अध्यक्ष मुक्ती गैरे गरेका थिए ।

Comments
Loading...