शोभा कडरिया कोइरालाका ३ मुक्तकहरू

0 142

शोभा कडरिया कोइराला
मुक्तक १
आजभोलि झस्किरहन्छु तिमी आयौकी भनेर
अनायसै तर्सिरहन्छु सबलाई गलायौकी भनेर
संसार हल्लाइदियौ हेर,कति शक्तिशाली तिमी
सधैं डराइरहन्छु तिमिले धेरै सतायौं की भनेर

मुक्तक २
जिवन मेरो फूल बिचको काँडा जस्तै भयो
जति टाल्यो चुहिरहने थोत्रो भाँडा जस्तै भयो
सपना सबै कुहिरोको घुम्टो भित्र लुकाइ
क्षितिज पारि हासिरहने डाँडा जस्तै भयो

मुक्तक ३
बेचिने र बेच्ने खेल खतम होस्
सिधा साधु सङ्ग जाल झेल खतम होस्
स्वार्थताको बजारलाइ अनुगमन गरि
असत्य र हिंसाको किनमेल खतम होस्

शिक्षिका बुद्धि विकास आधारभुत बिद्यालय माथागढी २ रुप्से गैराबारी पाल्पा

Comments
Loading...