शोभा कडरिया कोइराला
आफ्ना सबै रहर मारी बस्नुपर्ने रैछ
अरु जिताई आफै हारी बस्नुपर्ने रैछ ।
सपना सबै परालकै टौवा जस्तै भयो,
ढल्दा मुटु गाँठो पारी बस्नुपर्ने रैछ ।
शरीर यो दुई दिनको डेरा जस्तै हो कि ?
त्यही डेरामा मन सारी बस्नु पर्नै रैछ
न्याउली गाउँदा वनपाखा विरहमा रुँदा
आफू पनि आँसु झारी बस्नुपर्ने रैछ ।
अधिकारका सडकमा घन्के पनि नारा,
दबाबमा घरमै नारी बस्नुपर्ने रैछ
शिक्षिका बुद्धिबिकास आधारभुत बिद्यालय माथागढी, गैराबारी पाल्पा