श्राद्धकै रुप लियो जिल्ला सभाले

0 99

पाल्पा । जिल्ला समन्वय समिति पाल्पाले आयोजना गरेको दोस्रो जिल्ला सभालाई एउटा नगरि नहुने श्राद्ध जस्तै बनाइएको छ ।
सभाको उद्घाटन कार्यक्रममा पूर्व मन्त्री दल बहादुर रानाले प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको छ । तर सभाको मर्यादा कायम राख्ने गरि जिल्ला स्थित सरोकारवालाहरुलाई नै नबोलाइएको प्रति धेरैले चिन्ता ब्यक्त गरेका छन् ।

उद्घाटन सत्रमा जिल्ला स्थित कार्यालय, सुरक्षा निकाय, पत्रकार, नागरिक समाज र जनप्रतिनिधिहरुलाई समेत बोलाइनुपर्नेमा खवरै नगरिएको पाइएको छ । आफु अनुकुलकालाई मात्रै, खबर गर्न सजिलो हुनेहरुलाई मात्रै खवर गरिएको छ । सभा समन्वयात्मक बैठकको एउटा रुप भएपनि उद्घाटन कार्यक्रममा समेत खवर गर्न अल्छी गर्नु लाजमर्दो भएको धेरेले टिप्पणी गरेका छन् । सांसद, नेता र सिडिओलाई मात्रै बोलाएर सभा हुन नसक्ने सरोकारवालाहरुको भनाई छ । यहाँका सुरक्षा निकाय, गैरसरकारी संस्थाहरुले समेत यसबारे थाहा पाएका छैनन् ।

संविधानतः अहिले जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख आएका छन् । पहिलाका एलडिओ अहिले जिल्ला समन्वय अधिकारीको रुपमा छन् तर यहाँ खास तालमेल मिल्न सकेको छैन । उद्घाटन र भाषणमा मात्रै सीमित यहाँका प्रतिनिधिहरुले समेत जिल्ला सभाको महत्व बुझ्न नसकेको देखिन्छ । कुन गाडी प्रमुखले चढ्ने र कुन गाडी हाकिमले चढ्ने भन्नेमा मात्र यहाँका जनप्रतिनिधि र कर्मचारी अल्झेका छन् ।

जिल्ला समन्य समितिको महत्व धेरै छ तर महत्व अनुसार काम हुन सकेको छैन । मानवअधिकार निगरानी समूहका संयोजक भगवान भण्डारीले भने ।
जिल्लाका सबै निकायहरुका बीच समन्वय गर्नु, विकास निर्माणको अनुगमन, गर्नुपर्ने अवस्थामा संविधानतः तोकिएको काम नगरि हाम्रो केही काम छैन भनेर बजेटलाई बाहना बनाएर उम्किने गरेको पाइएको छ । यो दुःखद विषय हो । उनले भने ।
आफ्नै कार्यक्रममा समेत यसरी समन्वय गर्न नसक्ने यहाँका जनप्रतिनिधि र जिम्मेवार व्यक्तिहरुले यत्रो जिल्लाभरिको समन्वय कसरी गर्न सक्लान् ?

Comments
Loading...