श्रीदेबी देवकोटाको “गालैमा कोठी” बजारमा (भिडियो सहित)

0 238

पाल्पा । अन्नपुर्ण भिजनको प्रस्तुतिमा श्रीदेबी देबकोटाको नयाँ लोक दोहोरी गीत गालैमा कोठी बजारमा आएको छ । लोकप्रिय लोक तथा दोहोरी गायिका श्रीदेबी देवकोटा र लोकप्रिय लोक तथा दोहोरी गायक चन्द्र शर्माको स्वरमा रहेको उक्त लोक दोहोरी गीत गालैमा कोठीले दर्शक श्रोताको मन जितेको छ ।

केही दिन अघि श्रीदेवी युट्युव च्यानलबाट बजारमा आएको यो गीत टिकटकमा समेत भाइरल भएको र पछिल्लो पुस्ताले यो निकै मन पराएका छन् । यो गीत नयाँ पुस्ता केन्द्रीत भएपनि बालक देखि सबैले मन पराएको र आफुलाई राम्रो प्रतिक्रिया प्राप्त भएको गायिका देवकोटाले बताइन् ।

गीतको म्युजिक भिडियोमा चर्चित गायक तथा मोडल द्धय पुस्कल शर्मा र रामजी खाँण, मोडल अञ्जली अधिकारी र कलाकार बेगम नेपालीको अभिनय रहेको छ । गीतको लेखन बिनोद ढकालले गरेका छन् । त्यस्तै म्युजिकमा खेम सेन्चुरी र एरेन्जमा बिनोद बाजुरालीको भुमिका रहेको छ । त्यस्तै रेर्कडिष्टको रुपमा गोविन्द पराजुली रहेका छन् । म्युजिक भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन् । भिडियो छायांकन सम्पादन कार्यमा राजेश घिमिरे, एन्मिस गुरुङ र दिपक बिष्टको भुमिका रहेको छ ।
गीतको पुरा भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्न सक्नुहुन्छ ।

Comments
Loading...