श्रीराम स्वरूपको ‘खरानी’ विमोचित

0 71

पाल्पा । शनिबार पाल्पाको तानसेनमा नवोदित गजलकार श्रीराम स्वरूपद्वारा लिखित ‘खरानी’ गजलसङ्ग्रहको विमोचन भएको छ ।


त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख जीवनबहादुर थापाले सरल भावना समेट्दै समाजको अवस्था अध्ययन गरी गजल सिर्जना गर्न सक्नु स्रष्टाको खुवी भएको बताए । उनले क्याम्पसकै विद्यार्थीले क्याम्पसमै कार्यक्रम गरी कृति विमोचन गर्दा क्याम्पसको गरिमा र प्रतिष्ठा बढाएको भन्दै स्वरुपका गजल सामाजिक रुपान्तरणका लागि सहयोग हुने अपेक्षा राखे ।


विमोचन सभामा बगनासकाली साहित्य परिषद्का अध्यक्ष भोजराज भट्टराईले समीक्षात्मक मन्तव्य दिदै स्वपमा गजलमा जीवनजगत, समसामयिक परिवेश, विद्रोही, क्रान्ति र प्रणयभाव लगायतका रसहरू पाउन सकिने बताए । उनले समकालीन सर्जक स्वरुपका गजल सिर्जनामा हामीले जिएका वर्तमानका विषयवस्तुहरू समेटिएकोले ‘खरानी’ गजलकृतिले गजलविधामा लाग्नेहरूका लागि प्रेरणा प्रदान गर्ने जनाए । स्वरुपका केही गजलमा अक्षर संरचना, विधागत त्रुटी र वर्णबिन्यासमा त्रुटि रहेपनि गजलको भावगत पक्षले समयवोध गराएको भट्टराईले बताए ।

साहित्यकार डा. शंकरप्रसाद गैरेले नेपाली साहित्यमा गजल विधा बढी लेखिने विधा भएकोले ६० को दशकपछि नेपालमा गजल विधामा बहाव आएको धारणा राखे । ‘लेख्नु, कृतिप्रकाशन गर्नु भन्दा सफलताको लागि निरन्तर साधना गर्नु आवश्यक छ’ गैरेले भने, ‘नवोदित स्रष्टाहरूका गजलले नेपाली साहित्यमा नयाँ आयाम थपेको छ ।’ उनले पाल्पाकै स्रष्टाले पाल्पामै गजल सिर्जना गदै भौगोलिक अपनत्व बढाएको भन्दै सर्जकलाई बधाई दिए ।


स्रष्टा श्रीराम स्वरुपले गजलविधामा लाग्ने अग्रजहरूको प्रेरणा र आफुले भोगेको प्रतिकुल परिस्थितिले गजल सिर्जना गरेको धारणा राखे । उनले आफ्नो खरानी गजल कृति प्रतिकुल परिििस्थकिो उपज र आवाज हो भन्दै पुस्तकमाथि समालोचनात्मक टिका टिप्पणी गर्न पाठकहरूसँग आग्रह गरे ।


कार्यक्रममा देउराली सांस्कृति प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउराली, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप प्राध्यापक राजेश्वर उदय, बगनासकाली साहित्य परिषद्का कोषाध्यक्ष गणेश नेपाली, सर्जकका छिमेकी राजेन्द्र बस्यालले पाल्पाली साहित्यको विकासका लागि स्वरुपको गजलले नयाँ इँटा थप्ने काम गरेको भन्दै सर्जकलाई बधाईसहित आगामी सिर्जनामा अझ परिस्कृत पार्न सुझाव दिएका थिए ।


कार्यक्रममा अध्यक्ष एवं शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल, पाल्पाका अध्यक्ष पुष्कर अथक रेग्मीले नेपाली वाङ्मयको गजलविधामा स्वरुपको गजलकृति साझा विमोचन लगत्तै साझा बनेको बताउँदै लेखकलाई बधाई सहित शुभकामना व्यक्त गरे । उनले स्रष्टा स्वरुप सम्भावना बोकेका युवा गजलकार भएकोले उनको साहित्यिक भविष्य उज्ज्वल रहेको धारण राखे ।


प्रतिष्ठानका कोषाध्यक्ष विनोद भारतीको धन्यवाद ज्ञापन, अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षतामा चलेको कार्यक्रममा स्वागत उपाध्यक्ष रोहित ज्ञवाली र सञ्चालन महासचिव चन्द्रकान्त न्यौपानेको रहेको थियो । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल, पाल्पाबाट प्रकाशित कृतिमा ४० वटा गजल रहेका छन् । बगनासकाली–८, पाल्पाका स्रष्टा श्रीराम स्वरुपको ‘खरानी’ गजल सङ्ग्रहको पाल्पाली साहित्यकारहरूले त्रिभुवन बहुमुखी क्याम्पसको सभाहलमा संयुक्त रूपमा विमोचन गरेका हुन् । भोजराज भट्टराइको सहयोगमा

Comments
Loading...