संगीता फाउण्डेसनद्धारा दुग्ध सहकारीलाई प्रिन्टर तथा फोटोकपि हस्तान्तरण

0 125

पाल्पा । संगीता फाउन्डेसनले पाल्पा को बौघापोखराथोक गाउँको चिनारी दुग्ध उत्पादक सहकारी संस्थालाई प्रिन्टर तथा फोटोकपी मेशिन हस्तान्तरण गरेको छ । दैनिक ५ सय लिटर भन्दा बढि दुध उत्पादन गर्दै आएको उक्त सहकारीले आधुनिक ब्यबस्थापनका साथ आगामि दिनहरुमा सस्थालाई अझ ब्यबस्थित बनाउने लक्ष्य लिएको छ ।

सस्थाका ब्यबस्थापक रुकबिर रेग्मीले गाउँमा महिलालाई दैनिक आय आर्जन संगै उधमी गराउनमा चिनारीले पहल गरेको बताए । उनले गाउँमा रहेको चिनारीलाई साच्चिकै चिनारी गराउनमा संगीता फाउन्डेसनले सहयोग गरेकोमा आफुहरु खुसी भएको बताए । संगीता फाउन्डेसनले संस्थालाई गरेको सहयोगले संस्थाको दैनिक कार्यालय सन्चालनमा थप सहज हुने बिश्वास सस्थाका अध्यक्ष टिकाराम थापाले लिएका छन् ।

आधुनिक कृषि र यसको ब्यबस्थापन सङसंगै सहकारीले प्रदान गर्ने सेवालाई अझ सहज हुने बिश्वास रहेको कुरा संगीता फाउन्डेसनकी अध्यक्ष संगीता भट्टराईले बताइन् । कार्यक्रममा जर्मन नागरिक आर्मिन विन्जेल तथा सबिन शिवाकोटीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

Comments
Loading...