संविधान कार्यान्वयनका लागी काँग्रेसलाई जिताउन अनुरोध

0 61

रामचन्द्र रायमाझी । बगनासकाली
आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली काँगे्रसले निर्वाचन प्रचार प्रसारलाई तिव्र गतिमा अगाडी बढाएको छ । चुनावी प्रचार प्रसारको क्रममा बग्नासकाली गाउँपालिकाको चिर्तुङ्गधारा र पोखराथोकमा आयोजीत सभालाई सम्बोधन गर्दै पार्टीका पूर्व केन्द्रीय सदस्य राजन प्रसाद पन्तले संविधान कार्यन्वयन, लोकतन्त्रको संस्थागत विकास र रक्षाका लागि नेपाली काँग्रेसका विना संभव नभएको बताएका छन् । प्रदेश सभाका समानुपातिक उम्मेदवार तथा पार्टी सभापति विर बहादुसर रानाले बामगठबन्धनले एक दलीय तानाशाही व्यवस्था लिएर आउने हुदाँ त्यस तर्फ सचेत रहन मतदातालाई आग्रह गरे ।
कार्यक्रमा प्रतिनिधि सभा क्षेत्र नम्वर २ का उम्म्ोदवार तथा पार्टीका केन्द्रीय सदस्य हरि प्रसाद नेपालले शान्ती ,शुसान ,विकास र समृद्धिका लागि नेपाली काँग्रेस विना संभव नभएको बताए । प्रदेश सभाका उम्मेदवार माधव नेपालले समग्र पाल्पाको विकास र पाल्पाली जनताको उन्नतिका लागी नेपाली काँग्रेसका उम्मेदवारहरुलाई विजय गराउन मतदातालाई आग्रह गरे ।
नेपाल महिला संघ केन्द्रीय सदस्य रमा पन्तले शान्ती , समृद्धि र राजनिति स्थायित्वका लागि नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरीन् । कार्यक्रममा महासमिति सदस्य सुनीता अधिकारी, यमलाल तिमिल्सेना , जिल्ला सदस्य दिपक घिमिरे , जिल्ला सचिव झपेन्द्र गहिरे , नेपाल विद्यार्थी संघका जिल्ला सभापति कृष्ण आले, वडा सभापतिहरु प्रकाश नेपाल, टेक बहादुर राना लगायतले बोल्दै जनताको पक्षमा नेपाली काँगे्रस रहेकाले पार्टीका उम्मेदवारहरुलाई मतदान गर्न मतदाता सँग आग्रह गरे ।

Comments
Loading...