सधै लोकप्रिय खस्यौलीका बिष्णु खनाल, २०४९ देखि हालसम्म लगातार जनप्रतिनिधि

0 87

नवराज ज्ञवाली । पाल्पा
पाल्पाको रिब्दीकोट गाँउपालिका–३,खस्यौलीमा वि.स.२०१६ साल चैत्र २५ गते माता कमला कुमारी आचार्य र पिता मोतीराज खनाल को कान्छो पुत्रका रुपमा जन्मिएका विष्णु प्रसाद खनाल राजनितिक, सामाजिक ब्यक्तिका रुपमा परिचित छन् ।


देख्दा साामन्य तर सरल र मिजासिला स्वाभावका खनाल राजनितिक, सामाजिक रुपान्तरणमा हुम्मिएका एक असल पात्र हुन् । वि.स.२०२३ सालमा तत्कालीन सरस्वती प्राथमिक विद्यालय खस्यौली वरडाँडाबाट औपचारिक शिक्षा सुरु गरेका खनाललाई आफ्ना दाजु रामेश्वर खनालले उनलाई कखरा सिकाएको बताउछन् । त्यतीखेर सिलोटमा लेख्नुपर्ने हँुदा स्कूलको छुट्टी पारेर खरी ढुङ्गा खोज्न तीनलाँकुरी आउने गरेको उनी सम्झन्छन् ।


सरस्वती प्रा.वि. वरडाँडाबाट पाँच कक्षाको पढाई पुरा गरेसंगै ६ बाट भवानी माध्यमिक विद्यालय कुसुमखोलाबाट आफ्नो पढाई अघि बढाएको उनी सम्झन्छन् । वि.स. २०३४ सालमा भवानी मा.वि. कुसुमखोलाबाट एस.एल.सी. दिई पास भएपछि सिएमए पढ्न तानसेन आएको बताउदै सिएमए पढ्दै गर्दा साथीहरु प्रकाश श्रेष्ठ र लेखराज सुवेदीको गहिरो प्रेम र आत्मीएता संगै उनीहरुको संगत प्रभावले साथीकै माध्यमबाट लेखक लुसुनका किताब पढ्ने अवसर मिलेको उनी बताउछन् । लुसुनका ती दुर्लभ किताबको अध्ययनले आफुमा सुषुप्त राजनितिको ज्ञान प्राप्त भएको बताउदै तीनै किताब को अध्ययनले कम्युनिष्ट ब्यवस्थाको बारेमा जिज्ञासा उठेको र ती जिज्ञासा लाई मेटाउन कम्युनिष्ट राजनिति प्रति आफ्नो लगाव बढेको उनी कुराकानीमा बताउछन् ।


वि.स. २०३४ मा एस.एल.सी. दिएर पास भएसंगै सिएमए पढ्ने क्रममा नै पाल्पा तानसेन आएको त्यही समय बहुदल र निर्दलका लागि संर्घष चलिरहदा पढाईसंगै बहुदलका लागि आफु पनि नेपाल प्रगतिशिल विद्यार्थी मोर्चाबाट आन्दोलनमा सहभागी भएको उनी सम्झन्छन् । त्यतीखेर जनमत संग्रहका लागि संघर्ष चलेको भूमिगत अवस्थामै पार्टी संगठनका काम स्कुलिङग् हुने गरेको सम्झदै वि. स. २०३६ सालमा पंञ्चायत सरकारको तर्फबाट राजा विरेन्द्रले जनमत संग्रहको घोषणा गरेसंगै नेपाली काग्रेसले समर्थन गर्यो । केही कम्युनिष्ट घटकले पनि उक्त घोषणा लाई समर्थन गरे केहीले धोखा हो भनी बहिष्कार गर्दै संघर्षलाई निरन्तरता दिए ।
आफु पनि विरोधको कार्यक्रमलाई नै निरन्तरता दिनुपर्छ भन्ने सोच र बहिस्कारको प्रभावमा परेको बताउदै यता जनमत संग्रह घोषणा धोका हो भन्ने लागेको उनी बताउछन् । यसरी ०३४–०३५ को विद्यार्थी आन्दोलनमा सक्रिय भएपनी २०३६ को जनमत संग्रहमा आफ्नो मतदाता नाामावलीमा नाम नभएको कारण अस्थायी नियुत्तीमा सि एमए को जागिर खान तनहुको ज्यामरुक पुगेको उनी बताउछन् ।


जागिर खाँदा पनि बहुदलकै प्रचारमा लागेका उनी त्यसबेला तनहुका धेरै ठाँउमा पुगेको प्रचारकै क्रममा त्यसबेला डा.केशरजंग रायमाझी,सहाना प्रधान र मनमोहन अधिाकरी लगायतका धेरै कम्युनिष्ट नेताहरुसंग पाल्पा र काठमाण्डौ लगायत ठाँउमा भेट भएको उनी बताउछन् । उनको ती नेतासंगको भेट र उनीहरुको प्रभावले अनेरास्ववियु छैठौ संग सम्र्पक हुदै खनाल तत्कालिन नेकपा मालेमा संगठित हुन पुगेको उनी कुराकानीकै बीच बताउछन् । साथी प्रकाश श्रेष्ठ संगको घनिष्टताले पनि निरन्तरर क्रियाशिल बढाएको उनी सम्झन्छन् । बहुदलको प्रचारमा लागेको भनी संका गर्दै जिल्ला प्रहरी कार्यालय दमौलीमा दुई हप्ता कष्टडीमा बस्नु परेको, पछि जनमत संग्रह भएपछि ज्यामरुक तनहुबाट सिएमए जागिरको सरुवा पाल्पा भई आएको बताउदै वि.स. २०३८ मा पाल्पा सरुवा भएपछि उनी नेकपा माले पाल्पामा सेल कमिटिमा संगठित भई नेपाल चिकित्सक सहायक संघको पाल्पा जिल्लाको अध्यक्ष, अञ्चल सचिव र केन्द्रिय सदस्य भई जिम्मेवारीमा आफुले सक्रिय भुमिका निवार्ह गरेको उनी बताउछन् । वि.स. २०४६मा पञ्चायती ब्यवस्था विरुद्ध चलेको जनआन्दोलनमा सक्रिय रुपमा लागेका उनी पार्टीको हरेक काम र मोर्चामा रहेर पार्टी संगठनको जिम्मेवारी लिएको उनी बताउछन् ।२०४६ कै जनआन्दोलनमा नेकपा मालेको पाटी जिल्ला सदस्य र पश्चिम क्षेत्र संयोजक र सहयोगी सदस्यमा हिमालय पन्थी, गिरी पन्थी र केहरसिंह गोदार रहेको उनी बताउछन् । त्यति बेला स्वास्थ्य कर्मीको जिम्मेवारी जोडिएकोले नै उक्त मोर्चा को जिम्मेवारी पाएको उनी बताउछन् ।


जनआन्दोलन पछि बहुदल प्राप्त भएपछि वि.स. २०४८को आमनिर्वाचनमा नेपाली काग्रेसको सरकारले राजनितिक प्रतिशोधका कारण आफुलाई पाल्पाबाट बाग्लुङ तमान सरुवा गरेको उनी बताउछन् । तमान हेल्थपोस्टमा छ महिना काम गरेर बाग्लुङबाट नै उक्त जागिर राजिनामा दिई छोडेको बताउदै उनी पाल्पा आएर फेरी पाटी संगठन कै काम मा जोडिएको बताउछन् , पाटी संगठनमा जोडिएसंगै वि.स. २०४९ स्थानिय निकायको निर्वाचन हुँदा पाटीले उनलाई खस्यौली गाँउ विकास समितिको अध्यक्षमा उमेदवार बनायो, निर्वाचनमा उनले अध्यक्ष पदमा जिते पनि जनताले माया गरेर चुनाव जिताए पछि जनताको विश्वासलाई कहिल्यै उनी घात गरेनन् बरु जनताको सेवक बनिरहे ।


त्यति बेला सानो बजेट ले काम गर्नुपर्ने बाध्यता जनताका आसाअपेक्षा धेरै विकास निर्माणमा पाटीको नीति अनुसार काम गर्नुपर्ने पाटीले लिएको नीती अनुसार भौतिक पूर्वाधार,लक्षित वर्गका विविध सीपमुलक तालिम संञ्चालन जनताको योजनालाई कार्यान्वयन गर्दा जानकारी गराउने उदेश्यले सार्वजनिक सुनुवाई गर्ने उनी बताउछन् । यसरी वि.स. २०४९मा निर्वाचित भएपछि विकास निमार्णका योजना निमार्ण र योजना कार्यान्वयन गर्ने, सामाजिक विकासका लागि निरन्तर खटिरहे । पार्टीको काम उत्पीडित समुदायलाई अधिकार प्राप्त गर्न संघर्षमा उत्रन प्रेरित गर्ने, संगठन गर्ने जनताका कामलाई सहयोग गर्ने ब्यक्तगत स्वार्थ भन्दा माथी उठेर काम गर्ने र समुदायका भावना बुझेर योजना ल्याउने कार्यान्वयन गर्ने गरेको उनी बताउछन् । यसैकारण उनी वि.स. २०५४ फेरी पुनः निर्वाचन हुदाँ फेरी उनी गाविस अध्यक्षमा चुनिए ।


यस बिचमा उनले अघिल्लो कार्यकालका बाँकी रहेका हधुरा योजना सम्पन्न गर्ने, खस्यौली गाविस को जग्गा ब्यवस्थापन गर्नको लागि उपाध्क्ष राधेलाल अमात्य को सक्रीयतामा जंगप्रसाद अमात्यको नीजी जग्गा खरिद गरि सरस्वती मा.वि. र गाविस भवन बनाउन जग्गा ब्यवस्था गरी सरस्वती मा. वि. र खस्यौली गाविस भवन निमार्ण गरेको त्यसका लागि उपाध्यक्ष राधेलाल अमात्य स्थानिय समुदाय सहयोगले यो सम्भव भएको उनी बताउछन् । त्यस्तै उनले शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार निमार्णका साथै थुप्रै सम्झन पर्ने काम गरेको स्थानीयहरुको भनाई छ । उनी सरल स्वभावको असल इमान्दार छन् । उनले तत्कालिन समयमा आफ्नो नीजी क्लिनिकबाट पैसा नहुने गरिब का लागि पनि निः शुल्क औषधी उपलब्ध गराउने परार्मश दिने, जनताकामाझ उपस्थिति भएर आफुले गर्न सक्ने जति सहयोग गर्नेगरेको बताउछन् । पुर्व सासंद हरि प्रसाद नेपालको सक्रियतामा वि.स.२०५३ स्थापित खस्यौली प्रथामिक स्वास्थ्य केन्द्र लाई सरकारले स्तर उन्नतीको घोषणा गरेको र समुदायले त्यसका प्राप्त जग्गा उपलब्ध गराउनुपर्ने नितिगत व्यवस्था रहेको र त्यसकालागी सरकारले भौतिक पूर्वाधार निर्माणमा सरकारले बजेट ब्यवस्था गरिदिने , त्यसकालागी समूदायले जग्गा ब्यव्स्थापन गर्नुपर्ने अबस्था थियो , जस अनुसार स्थापना भएको स्वास्थ्य चौकी जग्गा ब्यवस्थापन हुन नसकी अन्यन्त्र जाने अवस्था देखिएकोले आप्mनो दाजु रामेश्वर खनाल र भाउजु जुनु कुमारी खनालको नाममा रहेको ६ रोपनी ३ आना आना जग्गा निशुल्क उपलव्ध गराई खस्यौली प्राथमीक स्वास्थ्य केन्द्रको स्तर उन्नती गरि सुविधा सम्पन्न भौतिक पूर्वाधार सम्पन्न स्वास्थ्य केन्द्र संचालन भएको छ । यसकालागी अस्पतालको भवन,आवास सहित भौतिक संरचना निर्माणका लागी आफ्नै सक्रियतामा विभिन्न मन्त्रालय जाने कामहरु गरेको उनी वताउछन् ।


अहिले सामुदायिक अस्पतालको रुपमा संचालन गर्न सरकारको १५ वेडको अस्पताल सञ्चालन गर्ने निति पनि रहेको छ । यसको लागी जग्गा अपुग भएको खण्डमा थप जग्गा समेत उपलब्ध गराउने उनको प्रतिबद्धता रहेको छ । उनको यस कार्यमा उर्जा दिन श्रीमती गीता खनालको भूमिका निकै महत्वपूर्ण छ । उनि पनि यस कार्यमा धेरै ने सन्तुष्टी साथै खुशी भएको बताइन् । फेरी पनि उनी भन्छन् धेरै मानिस आफ्नो परिवारको स्वार्थ हेर्छन् तर आफुहरु समाजका लागी केही गरौ भन्ने सोचले गर्दा समाजको स्वार्थका निम्ती बाचेको जस्तो लाग्छ भन्छन् । त्यसैले समाज सेवालाई नै महत्व दिएर अघि बढे ।


यो बीचमा पनि उनी स्थानीय बिद्यालय तथा कलेजमा अध्यक्षको रुपमा रहेर काम गरे । स्थानीय मतदाताले उनलाई २०७३ को स्थानीय तह निर्वाचनमा पनि खस्यौलीको अध्यक्ष बनाए । उनी अहिले रिब्दीकोट गाउँपालिकाको प्रवक्ता समेत हुन् । जीवनलाई राजनीति र समाजसेवासँग जोडेका खनाललाई हाम्रो तर्फबाट पनि शुभकामना ।

Comments
Loading...