समाचार लेख्नेहरु नै फलफुल लिएर गए

0 61

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले २० औ केन्द्रिय स्थापना दिवस मनाएको छ । पाल्पा शाखाले तानसेन ७ मा रहेको सिर्जनशिल अपांग स्वावलम्वन केन्द्रमा रहेका फरक क्षमता भएका व्यक्तिहरुलाई खाद्यान्न तथा फलफुल वितरण गरि आफ्नो स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले केन्द्रका अध्यक्ष सन्दिप भट्राईलाई खाद्य सामग्री तथा फलफुत वितरण गदै पत्रकारहरुले पत्रकारीता संगै समाजिक योगदान गरेकोमा प्रशंसा गरे । उनले आगामी दिनमा पेशा संगै निर्माण र मानविय सेवामा केन्द्रित रहेर काम गर्ने शुभकामना समेत दिए ।

प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य कमलराज तिमिल्सिनाले स्थापना दिवसका अवसरमा केन्द्रलाई गरिएको सहयोग राम्रो भएको बताए । सधै समाचार लेख्ने पत्रकारहरु संगठनको स्थापना दिवसमा गरेको सामाजिक योगदान सकारात्मक भएको बताए ।
नेकपा एमाले पाल्पा प्रचार विभाग सह संयोजक गुराँस आत्रेयले स्थापनाको २० बर्षको उपलक्ष्यमा सवै संगठनमा आबद्ध पत्रकारहरुलाई शुभकामना व्यक्त गरे । र साथै उनले पेशागत संगठनका रुपमा जिल्लाको अगुवा संस्था भएकोले पाल्पाली पत्रकारीताको विकासमा सहयोग पुग्ने गरि उदारणिय कार्य गर्ने अनुरोध गरे । कार्यक्रममा केन्द्रका अध्यक्ष सन्दिप भट्राईले आफ्नो केन्द्रको वारेमा जानकारी दिदै स्थापन दिवसमा आफुहरुलाई गरेको सहयोग प्रति खुसी व्यक्त गरे । उनले आगामी दिनमा आफुहरुले गरेको पौरख र परेको समस्या पत्रकारीताको माध्यमवाट उजागर गरि सहकार्यको वातावरण वनाउन अनुरोध गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल,प्रेस चौतारी नेपाल पूर्व केन्द्रिय सदस्य गोविन्द भट्राई,नेपाल युवा संघ पाल्पा अध्यक्ष करुणा काफ्ले लगाएलले स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त पेशागत हकहितका साथै सिर्जनात्मक कार्य गर्न आग्रह गरे ।

कार्यक्रम प्रेस चौतारी नेपाल पाल्पा शाखा सह सचिव चुरामणी न्यौपानेको स्वागत,सचिव कृष्ण कार्कीको संचालन तथा अध्यक्ष राजेन्द्र लिगलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comments
Loading...