समाजिक कार्यमा सक्रिय सुपादेउराली युथ नेटवर्क

0 128

बिष्णु पाण्डेय । पाल्पा
युवा जोस, त्यसमा पनि सकारात्मक सोँच र केही पृथक कार्यहरु गरौँ भन्ने सोँच बटुलेर सुपादेउराली युथ नेटवर्क सस्थाको स्थापना भयो । अहिले त्यहि सस्थामा आबद्ध अर्घाखाँचीका युवाहरुको एक समूह अहिले उनीहरुले गरेको सामाजिक कार्यले चर्चामा पाइरहेको छ ।

परिवर्तन आफैबाट भन्ने नाराका साथ स्थापना भएको “सुपादेउराली युथ नेटवक“ स्थापना कालको छोटो समयमै विभिन्न सामाजिक कार्यहरु गर्न अग्रसर रहेको छ । अर्घाखाँचीबाट देशका विभिन्न ठाउँमा अध्ययन गरिरहेका स्कुल कलेजका विद्यार्थी सामाजिक कार्यमा लागीरहेका छन् । वि.सं.२०७३ साल माघ २३ गते जिल्ला प्रशासन कार्यालय, सन्धिखर्क , अर्घाखाँचीमा संस्था दर्ता गरि औपचारिक रुपमा सामाजिक कार्यमा विद्यार्थीहरु लागिपरेका छन । खासगरी, जिल्लाका सम्पुर्ण युवाहरु समेटी जिल्लालाई केही माथी उठाऔँ, अहिलेका युवा पनि आफ्नो स्वार्थमा तल्लिन रहेमा हाम्रो समाजलाई कसले निर्माण गर्छ, रिस राग नै सबैभन्दा ठूलो सत्रु हो भन्दै एउटा दोश्रो परिवार बनेर स्थापना गरिएको यस सुपादेउराली युथ नेटवर्कले संस्थाका संस्थापक अध्यक्ष बिराज घिमिरे, उपाध्यक्ष नविना पन्थी लगायत धेरै सदस्यहरुले अध्ययनको सिलसिलामा जिल्ला बाहिर रहने हुँदा आफू बसोबास गरिरहेको क्षेत्रमा पनि केही सकारात्मक परिवर्तन ल्याउँ भन्ने उद्धेश्य राखी देशका विभिन्न ठाउँमा सामाजिक कार्य गर्दै आईरको छ ।

हाल संस्थाका संस्थापक अध्यक्ष बिराज घिमिरेको नेतृत्वमा काठमाडौंमा, संस्थापक उपाध्यक्ष नविना पन्थीको नेतृत्वमा चितवनमा, कार्य समिति सदस्य समिक्षा भुसालको नेतृत्वमा बुटवलमा र सह सचिव सुदिप खनालको नेतृत्वमा अर्घाखाँचीमा कार्यक्रमहरु भइरहेका छन । जिल्ला बाहिर रहँदा यसरी कार्य गरेपनी बिदामा सबैजना एकजुट भई जिल्लामै केही सकारात्मक कार्यहरु गर्ने संस्थाका संस्थापक अध्यक्ष बिराज घिमिरेले बताए ।
सुरुवात पश्चात् अर्घाखाँची जिल्लामै घर भएका केही सदस्यहरु थप गरि आफू जहाँ रहिन्छ त्यहीँ केही सकारात्मक कार्यहरु गरौँ भन्ने सल्लाह गरेको उनले बताए । सुपादेउराली युथ नेटवर्कमा जोडिन थुप्रै सदस्यहरुको प्रस्ताव आएको तर सबैलाई सदस्यता नदिइएको चितवन संयोजक नबिना पन्थीले बताइन् । उनले सदस्य धेरै देखाउने भन्दा पनि कार्यमा बढी जोड दिइएको बताइन् । एसइइ परिक्षा दिएर बसेका देखि स्नातकोत्तर अध्यनरत विद्यार्थी यस नेटवर्कमा आबद्ध छन् ।

हप्ताको २ घण्टा राष्ट्रको लागि भन्दै विभिन्न विदाहरुमा विभिन्न कार्यक्रमहरु सम्पन्न गर्दै आएको र अन्य संघ संस्थाको कार्यक्रममा पनि सहभागीता जनाई वृक्षरोपण, स्वास्थ्य सिविर, सरसफाइ कार्यक्रम, सांस्कृतिक कार्यक्रम जस्ता कार्यक्रमहरुमा सहभागीता जनाएका छन् । पढेर मात्र भन्दा पढेको कुरा ब्यवहारमा ल्याएर देखाउनु ठूलो महानता हो ,समाज सेवाले नै मन सन्तुष्ट बनाउँछ, मन्दिरमा मात्र धाउनु भन्दा समाज सेवा गर्नु पनि ठूलो धर्म हो भन्दै हामी नामका लागि भन्दा पनि समाजबाट आएको ’वा’ को लागि कार्य गरिरहेको बुटवल संयोजक समिक्षा भुसाल बताउँछिन । त्यस्तै नेटवर्कले संस्थाका सह सचिव सुदिप खनालको नेतृत्वमा अर्घाखाँची जिल्ला, मालारानी गाउँपालिकाका पिता पतिराम खनाल र माता धनकला खनालका एक मात्र पुत्र पिताम्बर खनाल जसले पारिवारिक खर्च धानीरहेका थिए । उनको दुबै मृगौला फेल भएको थाहा पाएपछी संस्थाले अहिले आथिएक रकम जुटाइरहेको हो ।

नेटवर्कमा सदस्यहरु सङग छलफल गरी ललितपुर महानगरपालिकामा रहेको पाटन क्षेत्रमा संस्थाका संस्थापक अध्यक्ष बिराज घिमिरेको नेतृत्वमा पानीपुरी, चटपटे, पानी र चिया बेची अहिले रकम संकलन गरीरहेका थिए । यस्तै अर्घाखाँची अर्घा पुर्णिमा मेलामा सुपादेउराली युथ नेटवर्कले अर्घाखाँचीको सितापुरमा रहेको सुस्त मनोस्थिती स्कुललाई सहयोग गर्नको लागि. सुपादेउराली खाजा घर स्टल समेत राखि रकम सङकलन गरेको छ भने अर्घाखाँचीमा शुक्रबार भएको बस दुर्घटनाको सन्दर्भमा जिल्ला अस्पताल अर्घाखाँचीमा निशुल्क खानेपानी बितरण समेत गरेको छ ।

Comments
Loading...