समुदायमा लोकप्रिय बन्दै माथागढी बुहउद्देश्यीय सहकारी

0 308

पाल्पा । माथागढी गाउपालिका १ चिदीपानीमा रहेको माथागढी बहुउद्देश्यीय सहकारी समुदाय स्तरमा लोकप्रिय बन्दै गएको छ । यो सहकारीले लकडाउनको समयमा तानसेनमा घरदैलो सेवा मार्फत सस्तो तथा कृषि एम्बुलेन्स संचालन गरेको थियो ।

यो सहकारीले आफ्ना सदस्यहरुको आय आर्जनमा टेवा पु¥याउने उद्देश्यले बिरुवा बितरण गरेको छ । शेयर सदस्यहरु तथा समुदाय को आर्थिक स्तर वृद्धि र बाताबरणीय सन्तुलन कायमका लागी आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहका लागी फलफुल तथा अन्य बिरुवा बितरण गरिएको सहकारी सस्थाका अध्यक्ष राजकुमार पन्थीले बताए । कागती, कागती,आप, कटहर, दालचिनी, बडहर, राइखनिया, कुरिला, अंगुर, बकाइनो,टिमुर जातका फलफूल, घासपात तथा अन्य जातका बिरुवाहरु निःशुल्क सुबिधा सहित उपलब्ध गराइएको पन्थीले बताए । करिव दश हजार बिरुवा चिदीपानी हुमिन रुप्से कसेनी झडेवा क्षेत्रमा बितरण गरिएको संस्थाका सचिव बिजयदिप पन्थीले बताए । कागती आप टिमुरमा तिन देखि पा“च बर्ष भित्र फल दिन थाल्ने उनले बताए । सहकारीको अभियानमा समुदाय स्तरबाट सहयोग भएको राज्यको लगानी र सहकारीको साथलाई सबैले सदुपयोग गर्दै थप आर्थिक सामाजिक बिकासमा लाग्नका लागी सहकारीको सदस्यता लिई सेवा लिने कार्यमा समेत सहभागी हुन सहकारीका ब्यवस्थापक इश्वरी तिवारीले आग्रह गरे ।

माथागढी बहुउद्देश्यीय सहकारी सस्थाले कृषि उपज संकलन,बिरुवा बितरण सरकारका अन्य अनुदान कार्यक्रममा समन्वय,कृषि तथा पशुपालन क्षेत्रमा गरेको तत्परताले नमुना पेश गर्दै समुदायलाइ उत्साहित बनाएको स्थानीय जमुना थापाले बताइन् । बिरुवा अनुदान सहयोग प्रदेश नं. ५ सरकार डिभिजन बन कार्यालय पाल्पा र भु तथा जलाधार कार्यालय पाल्पा बाट सहयोग प्राप्त भएको अध्यक्ष पन्थीले बताए ।

Comments
Loading...