समुदायसँगै सहकार्य गर्दै अगाडि बढ्दै नेपाली सेना

0 67

पाल्पा । नेपाली सेनाको गोरखदल गणले तिनाउँ गाउँपालिका ४ सत्यवतीको मन्दिर परिसरमा बृहत सरसफाई गरेको छ ।

गत कात्तिक २४ गतेदेखि २६ गतेसम्म चलेको सत्यवती मेलाको चिच्याएर बर माग्ने मेलाको अवसरमा उक्त मन्दिर परिसरमा भएको फोहर मैलाको ब्यवस्थापनको लागि गणको टोली सरसफाईका लागि खटिएको थियो ।

गणका सेनानी मेजर मनोज डंगोलको नेतृत्वमा २९ जनाको टोलीले मन्दिर परिसरमा रहेको फोहरको ब्यवस्थापन गरेको गणका गणपति प्रमुख सेनानी सुरज थापाले बताए । प्रमुख सेनानी थापाले सेना स्थानीय जनसमुदाय बीचको सम्वन्ध र सहकार्यलाई थप प्रभावकारी बनाउने गरि सेनाले अभियान चलाइरहेको समेत बताए । गणको टोलीले तानसेन स्थित नारायण मन्दिर परिसर र फूलबारी क्षेत्रमा पनि सरसफाई गरेको छ । गोरखदल गणकै नेतृत्वमा उक्त क्षेत्रमा एन.सि.सिका कार्यसमिति सदस्य सहित ७० जनाको टोलीेले सरसफाई गरेका थिए ।

Comments
Loading...