सरकारको ध्यान नपुगेको ठाउँमा केशव कार्की पुगे

0 135

कमल बस्याल । पाल्पा
तानसेन नगरपालिका–८ भालेबासमा रहेको पाडेखर्कमा बिहिबार मानिसहरु हातमा कोदालो, लगायत बिभिन्न सामाग्रीहरु लिएर जम्मा भएका देखिन्थे । त्यो भिडमा जवानहरु मात्र थिएनन, उनीहरुको साथमा उनीहरुका बच्चा तथा गाउका बृद्धाहरु पनि संगै थिए । कारण, दलित बस्ती भएको त्यस गाउँमा पाल्पाली रमाईलो पार्कको तर्फबाट उद्यमी तथा किसान केशव कार्की बालबालिका तथा बृद्व–बृद्वाहरुलाई न्यानो कपडा लिएर गएका थिए ।

मानिसले फरक र रचनात्मक कार्य गर्न सकेमा समाजमा आफनो स्थान बनाउन सकिन्छ भन्ने मान्यता राख्ने कार्की त्यहाको गरिवी र बिपन्नताको देख्न नसकि केहि भएपनि सहयोग गर्न सकियोस भन्ने उद्देश्यले त्यहा पुगेका थिए । कृषक कार्कीले भने, यदि कुनै एक नेपालीलाई दुख पर्दा अर्को नेपालीले थोरै समेत खर्च गर्न सक्दैन भने त्यो सम्पत्तिको के काम ।

आखिर सबै मरेर जानेन हो सम्पत्ति मात्र थुपारेर के गर्नु ? उनले समुदायमा न्यानो कपडा स्वरुप ज्याकेट त बितरण गरे । त्यसबाहेक उहाले त्यस समुदायका सबै मानिसलाई च्याउ खेतिको तालिम दिई स्वरोजगार बनाउने पनि बचन दिए । कार्कीले गाउमा कृषिको लागि पानिको अभाव भएको भन्ने गाउलेको गुनासो आएपछि उहाले आफनै निजि लगानिमा लिफिटङ गरि सिंचाईको लागि पानि उपलब्ध गराउने बचन दिए । साथै उनले आफुले भालेबासमा रमाईलो पार्क बनाई पर्यटकिय हिसावले बिश्वभर चिनाउन लागिपरेको भन्दै त्यसका लागि सबैलाई सहयोग गर्न समेत अनुरोध गरे ।

सो अवसरमा बोल्दै सुर्योदय टेलिभिजनका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना, श्रीधर पाण्डेले केशव कार्की धन भन्दा मन ठुलो भएको एक सफल कृषक भएको भन्दै उनको रमाईलो पार्क बनाउने योजनाले थुप्रैलाई रोजगारीको सिर्जना हुने बिश्वास ब्यक्त गरे ।
त्यसैगरि सो अवसरमा स्थानिय शुक्र गौडेल, कमला बौडेल लगायले केशव कार्कीले आफनो बस्तिमा सरकारले पनि गर्न नसकेको ठुलो सहयोग गरेको भन्दै कार्कीलाई धन्यबाद समेत दिए । कार्यक्रमको सहजिकरण कलाकार, लेखक तथा शिक्षक हिरामणि ज्ञवालीले गरेका थिए ।

Comments
Loading...